OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २०, २०७७सुर्खेत
४७० पटक

२० असोज २०७७ मंगलबार

प्रदेश नम्बर  ५ को राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ।

आज मंगलबार बसेको पाँच नम्बर प्रदेशसभा बैठकले प्रदेश पाँचको राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो। ८७ सदस्यीय प्रदेशसभामा ८२ मत खसेको थियो। दाङको भालुवाङमा राजधानी राख्ने प्रस्तावको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्तावको पक्षमा, कांग्रेसका डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी, मो याकुव अन्सारीले पनि सरकारकै पक्षमा मतदान गरेका छन्।

यस्तै कांग्रेस सासद सुरेन्द्र हमाल अनुपस्थित रहे । यसअघि कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको थियो।

संशोधन प्रस्तावमा कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने उल्लेख गरेका थिए।

अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदान भागलाई प्रदेश ५ को स्थायी राजधानी तय हुने पक्का भएको छ। राजधानी देउखुरी भालुवाङमा भएसँग उक्त प्रदेशको नाम लुम्बिनी हुने भएको छ ।

प्रतिकृया दिनुहोस्