OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २०, २०७७जुम्ला,
११५४ पटक

२० असाेज २०७७ मगलबार

प्रसिद्ध चन्दननाथ मन्दिरबाट चार वर्ष पहिले चोरी भएका मूर्ति मध्य थप दुई मुर्ति भेटिएका छ । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौ बहुमूल्य मुर्ति मध्य सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मुर्ति भेटाएको जानकारी गरेको छ ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार विहान १०ः १५ बजे चन्दननाथ नगरपालिका १० बोहोरा गाउँस्थित रहेको  सुशील विष्टको खेतको आलीको सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा भेटिएको छ ।

उहाँका अनुसार दुई थान मूर्तिसंगै उक्त घटनामा ३ जना श‌कास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका १० निवासी वर्ष ३२ का सुशील विष्ट, तातोपानी गाउँपालिका ८ घर भई हाल चन्दननाथ नगरपालिका १० मा बस्ने वर्ष २८ का जयलाल थापा र चन्दननाथ नगरपालिका १० कै वर्ष २३ का सुदिप रावललाई पक्राउ गरिएको छ ।

चार वर्ष पहिले चोरी भएका दर्जनौ मूर्ति मध्य हालसम्म विभिन्न ठाउँमा गरी करिब २० वटा मुर्ति भेटिएको प्रहरीको अनुमान छ । जम्मा कति मूर्ति चोरी भएका हुन, कति भेटिए भन्ने एकिन जानकारी भने पछि गराउने प्रहरीको भनाई छ ।

सोमबार मूर्ति सार्वजानिकका लागि आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चन्दननाथका बहुमूल्य ऐतिहासिक मूर्ति  चोरीमा संग्लन सबैलाई कानुनी दायरामा ल्याउन प्रहरी हरप्रयास गरिरहेको बताउनुभयो । साथै प्रजिअ थापाले हिरासतमा रहेका सबैलाई मानव अधिकार हनन हुने खालका कुनैपनि गतिविधि नगर्न सुझाब दिनुभएको थियो ।

यस अघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र प्रहरी नायब उपरीक्षक लालबहादुर धामीको समयमा चन्दननाथको मुख्य मूर्ति समेत पत्ता लागिसकेको छ । २०७६ माघ ६ गते १८ किलोको चादीको मुर्ति प्रहरीले दाँनसाघु नजिकैको खेतमा बेबारिसे अवस्थामा फालिएको भेटेपछि स्थानीयले बाजागाजा सहित स्वागत गरि चन्दननाथ मन्दिरमा पुनस्थापन गरिएको थियो ।

फरार प्रतिवादीबाट ४३ लाख असुली : 

अदालतबाट दोषी ठहर भई फरार रहेका २४ जनालाई अदालतले फैसला गरेर फरार प्रतिवादीबाट रु ४३ लाख एक हजार ७ सय नब्बे रुपैया जरिवाना असुली गरिएको समेत जानकारी गरिएको छ ।

यसैगरी अन्य २३ जना अरु अभियूक्तहरु पक्राउ गरी अदालत पुगिसकेका प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । बाँकी मूर्ति आशंकित व्यक्ति पक्राउ तथा फरार अभियुक्त पत्ता लगाई बिगोसहित जरिमाना असुली गर्नु  ठूलो उपलब्धि भएको प्रहरीले ठानेको छ ।

प्रतिकृया दिनुहोस्