OnlinePana

आज : २०७९ चैत्र १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १७, २०७७काठमाडौं
७४१ पटक

 

 

काठमाडौं, असोज १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई तथा परराष्ट्र सल्लाहकारमा कोरोना पोजेटिभ देखिएको छ । पीसीआर परीक्षणका लागि उहाँहरु दुवैको शुक्रबार स्वाव संकलन गरिएको थियो ।
विशेष सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछुँ ।”
प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछुँ ।”
त्यसैगरी परराष्ट्र मालिम विज्ञ सल्लाहकार डा. राजन भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा भर्खरै लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणमा ममा कोरोना पोजेटिभ देखियो, यस बीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछुँ ।”

यसैगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार आज सचिवालयका चार जनामा कोरोना पुष्टि भएको हो । सञ्चार विज्ञ बजगाईको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्