OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १६, २०७७जुम्ला,
८३४ पटक

२०७७ असोज १६ गते,
असोज १५ गते । भारतीय राजदुताको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक एम्बुलेन्स प्राप्त भएको छ । कोरोनाको समयमा अत्याधुनिक एम्बुलेन्स प्रदान भएकोमा सजिलो भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजदूतावासले यो वर्ष पहिलो पटक अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको हो । यस्ता प्रकारका तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका दूतावासले जनाएको छ । एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा यस वर्ष पनि भारतीय राजदूतावास काठमाडौँले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ ।
यी संघ संस्थाहरु नेपालका दुर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन् । राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको हो । सो मध्य एक प्रतिष्ठानलाई उपलब्ध गराईएको छ । शुक्रबार ६ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको जनाएको छ ।

विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।

सन् १९९४ देखि आज सम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराएको जनाएको छ । यस्तै महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरमा रहेको गान्धीको प्रतिमामा पुष्पगुच्छा अर्पण गरी श्रद्दाञ्जली अर्पण गर्नुभएको छ । कोरोना बढिरहेको समस्यामा एम्बुलेन्सले सहज हुने भएको छ ।

प्रतिकृया दिनुहोस्