OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १६, २०७७काठमाडौं
४५८ पटक

बुटवल,असोज १६ गते । लामो समयदेखि अन्याेलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ ।
शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक बिकास मन्त्रीले सुदर्शन बरालले पुष्टि गर्नुभयो ।
दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडिएको उक्त क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो ।  मन्त्रीपरिषदको निर्णय लगत्तै शुक्रबार नै यससम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । प्रस्तावमा प्रदेशकाे नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने उल्लेख छ । साथै बुटबलमा सुरक्षाा व्यबस्था कडा बनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्