OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन १५, २०७७जुम्ला,
१३९४ पटक

असोज १५ गते । नेपाली सेना २४ नम्बर बाहिनी जुम्लाका नयाँ बाहिनिपति एम सापकोटा जुम्ला आईपुग्नु भएको छ । बाहिनीपति सापकोटाले आफु जुम्लामा नेपाली सेनाको नेतृत्व गरेर आईपुगेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

पत्रकारहरु सँग परिचयात्मक गर्दै उहाँले देश विकासमा आ–आफ्नो क्षेत्रबाट समन्वय सहकार्यमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाली सेना जनताको सेना भएको दुईमत नभएको भन्दै विकासमा समन्वय र सहकार्य गर्न थप आवश्यक रहेको बताउनुभयो । उहाँले संचार क्षेत्रले समाजका सम्भावनाहरुमा प्रथामिकता दिनुपर्ने भएकाले ठूलो महत्व भएको तर समाचार लेखनमा सन्तुलनता अवको पत्रकारितामा अनिवार्य रहेको बताउनुभयो । उहाँले कृषिमा परिवर्तन गरेमा हाम्रो उन्नति हुने भन्दै जुम्ला सोचेको भन्दा फरक पाएकोमा परिवर्तनमा सवै सहकार्य गरेर लाग्नुपर्नेमा जोड दिनुभयो । आफुले दोलखामा आफ्नो पेशा भन्दा बाहिर किविको व्यवसायीक उत्पादनमा जोड दिएको स्मरण गर्नुभयो ।

पत्रकारहरुले उहाँलाई जुम्लामा स्वागत गर्दै सूचना प्रणालीमा थप शशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । उनिहरुले सेनाका दिन मिल्ने सूचनाहरु सहज उपलब्ध गराउनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ जुम्लाका संस्थापक सभापति नरेन्द्रनाथ योगीले सेनाले कोभिड १९ का लागि सुरक्षाका लागि थप प्रथाकिता दिनुपर्ने सुझाव दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थायी बासिन्दा भएका बाहिनीपति सापकोटा बि.सं २०२५ सालमा साविक उत्तर गंगा गाविस ८ मा जन्मिनु भएको हो । सापकोटाले बिसं २०४६ सालमा सैनिक जीवन शुरु गर्नुभएको थियो ।

त्रिभूवन विश्व विद्यालयबाट स्नाकोत्तर उत्तिण गर्नुभएको उहाँले नाईजेरियाबाट वार कलेज सहित विभिन्न तालिमहरु लिईसक्नु भएको जानकारी दिनुभयो ।

उहाँले आफु नाईजेरियाबाट सिधै जुम्ला आएको जानकारी दिनुभयो ।  यसैगरी संयुक्त राष्ट्रसंघको शान्ति सेना सहित विभिन्न देशमा शान्ति सुरक्षामा योगदान पुरयाउनु भएको छ ।

प्रतिकृया दिनुहोस्