OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाँई,आश्विन ८, २०७७जुम्ला,
९४१ पटक

२०७७ असोज ७ गते । जुम्ला बहुमुखी क्याम्पसले अनलाइन कक्षा मार्फत पढाई शुरु गरेको छ ।
कोरोना भाईरस (कोभिड १९) का कारण विद्यार्थीहरु भौतिकरुपमा उपस्थित हुन नसक्ने भएको हुदा अनलाईन मार्फत कक्षा शुरु गरिएको क्याम्पस प्रमुख डाक्टर ओम प्रकाश आचार्यले बताउनुभयो ।
त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय डिनको कार्यालयको निर्देशन अनुसार दुई दिने तालिम संचालन गरी उतm कक्षा सुरु गरिएको क्याम्पस प्रमुख आचार्यले जानकारी दिनुभयो । जुम्ला बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तह शिक्षा संकाय शास्त्र अन्तर्गत नेपाली शिक्षा, जनसंख्या शिक्षा र शैशिक योजना तथा व्यवस्थापनको पहिलो र तेस्रो सेमेस्टारको अनलाइन कक्षा संचालन भएको हो ।
कोभिड १९ का कारण त्रिविविका कक्षाहरु अनलाईन मार्फत लिने भन्ने निर्णय अनुसार अन्य क्याम्पस जस्तै जुम्ला क्याम्पसमा शुरु गरिएको हो । घरबाटै कक्षा लिन पाएकोेमा विद्यार्थीले खुशी व्यक्त गर्दै आएका छन् । जुम्ला बहुमुखी क्याम्पसमा ईपिएम बिषयको तेस्रो समेष्टारमा अध्ययनरत विद्यार्थी नवराज खड्काले अनलाईन कक्षाले सजिलो बनाएको बताउनुभयो । ईन्टरनेटको सहायतामा सो कक्षा संचालन भईरहेको छ ।

प्रतिकृया दिनुहोस्