OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ५, २०७७सुर्खेत
३८५ पटक

 ५ असोज २०७७, सोमबार

२६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद द्धारा आयोजित उक्त सम्मेलनले २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्रसमेत जारी गरेको छ ।

तीन दिनसम्म सञ्चालित सम्मेलनमा नेपालको स्वास्थ्य अवस्थामाथि व्यापक छलफल गरिएको सम्मेलनमा सहभागी नेपालका प्रतिनिधि डा.नवराज केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ समेत रहेका डा. केसीले सम्मेलामा कर्णालीको स्वास्थ्य अवस्था र टेलिमेडिसिन सेवाबारे आफनो प्रस्तुति राख्नुभएको थियो ।

‘डा.नवराजको प्रस्तुति साँचीकै मन छुने थियो,’ सम्मेलनमा सहभागी एक डाक्टरले भने,‘ उहाँको प्रस्तुतिपश्चात कर्णालीको स्वास्थ्य अवस्थाबारे पनि व्यापक छलफल गरेका थियौं । हाम्रो घोषणा पत्रमा पनि कर्णालीको टेलिमेडिसिन सेवा प्राथामिक्तामा परेको छ ।’ सम्मेलनले तयार गरेको घोषणा पत्रमा डाक्टर, नर्स, फिजिसियनलगायत विश्वभरी छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । साथै स्वास्थ्यकर्मीको भूमिका र आपसी समझदारीलगायत विषय पनि घोषणा पत्रले समेटेको छ ।

विश्वभरी छरिएर रहेका नेपाली स्वास्थ्यकर्मीहरुको नजरमा कर्णालीको टेलिमेडिसिन सेवा पर्नु सौभाग्य भएको डा. केसी बताउँनुहुन्छ ।
कर्णालीमा टेलिमेडिसिन सेवा सञ्चालनका सुत्राधारसमेत रहेका डा.केसीले भन्नुभयो, ‘टेलिमेडिसिन सेवा कर्णालीका लागि वरदान सरह हो । यसबाट दुरदराजका बिरामीलाई विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्न सकिन्छ ।’

कार्यक्रमको समापन सत्रमा डा. दिनेश ज्ञवाली, डा चन्द चटउत (सिकागो), डा.भूपेश खड्का, डा.कुश श्रेष्ठ (अस्ट्रेलिया), डा. बोधाराज सुवेदी (पोल्याण्ड), डा. सुरज थापा (नर्वे), डा.नवराज केसी (नेपाल), डा.ड्रोना रसाइली र डा.सरोज निरौला (क्यानडा), डा. पुरु श्रेष्ठलगायतले आफ्नो धारणा प्रस्तुत गरेका गर्नुभएको थियो.

प्रतिकृया दिनुहोस्