OnlinePana

आज : २०८३ आषाढ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ४, २०७७जुम्ला,
१२७८ पटक

असोज ४ गते । तातोपानी गाउँपालिकाको वडा नम्बर ४ भलखोला वनमा एक ऐतिहासिक गुफा भेटिएको छ ।
सो स्थानमा गुफा भेटिएको वडाध्यक्ष धिरज जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार सो गुफाभित्र शेष नागसहितका पुरातात्विक ढुंगाका आकृतिहरु भेटिएका छन् ।

सो आकृति मध्य शेषनागको आकृति,तीन किसिमको मादल जस्तै आवाज आउने ढुंगा, प्रवेशद्धारमा दुईवटा बाघको आकृति समेत रहेको छ ।शेषनाघको शिरमा मागीवाट पानीका थोपा चुहिने गरेको पाईएको छ ।

यसैगरी सो गुफा भेटिएपछि वडाध्यक्ष धिरज जैसी, गैसस महासंघ जुम्ला अध्यक्ष तथा स्थानीय अमर रोकाया, पुर्व अध्यक्ष दुर्गा प्रसाद पाण्डे, धामी, मुङलेरी सहित पुजाआजा गरी फर्किएका गैसस महासंघ जुम्लाका अध्यक्ष रोकायाले थप्नुभयो । उहाँका अनुसार यसको पहिचान भएको छ । उहाँका अनुसार २०७७ साल असोज २ गते गिडिखोला गाउँका सम्पूर्ण महानुभावहरु त्यहाँ पुगेका जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्