OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन ४, २०७७जुम्ला,
३७९ पटक

असोज ४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एम विविएस सहितका चिकित्सा क्षेत्रका माग सहित सात दिन देखी अनसनरत रहेका डाक्टर गोविन्द केसीलाई स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल सारिएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सारिएको हो । असोज ३ गते राती साढे १ बजे अनसनस्थल चन्दननाथ नगरपालिका वडा नम्बर ६ स्थित रानीचौर बाबिरा मन्दिर धर्मशालाबाट अस्पताल पुरयाईएको हो ।
स्वास्थ्यकर्मीको टोलीले २४ घण्टा निगरानी हुने स्थानमा पुरयाईनुपर्ने प्रतिवेदन पछि प्रहरीले अस्पताल पुरयाएको स्थानीयले जनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाका अनुसार चिकित्कको प्रतिवेदन अनुसार केसीको जीवनरक्षाका लागि अस्पताल लिईएको जानकारी दिनुभयो ।
स्वास्थ्य जाँच गर्न मानेनन् :
केसीलाई आईसियूमा भर्ना गरिएपनि कुनै पनि उपचार गर्न नमानेका उपचारमा खटिएका डाक्टर प्रविण गिरीले जानकारी दिनुभयो । डाक्टर केसीको मुटुको चाल बढेको, श्वास प्रश्वासमा समस्या बढ्दै गएपनि स्लाईन, अक्सिन लिन नमानेको बताईएको छ । यसका साथै मांसपेशी वाउडिने, छाति दुख्ने चक्कर लाग्ने। पिसावको मात्रामा कमि सहितका स्वास्थ्य समस्या भएको चिकित्सकको स्वास्थ्य प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले अस्पताल ल्याएपछि आफुलाई माग पुरा नगरी अपहरण शैलीमा अस्पताल ल्याईएको डाक्टर केसीले प्रतिक्रिया दिनुभएको छ । चिकित्सा क्षेत्रका विभिन्न मागहरु सहित १९ औ सत्याग्रह शुरु गरेका केसीको स्वास्थ्य अवस्था पहिले भन्दा यस पटकको अनसनमा कमजोर स्वास्थ्य भएको जनाएका छन् । यसैगरी केसीको माग सहित जीवन रक्षा गर्न भन्दै समर्थकहरु समेत बढेका छन् । राजनैतिकदलहरु, नागरिक समाज यूवाहरुले विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएका हुन् ।

प्रतिकृया दिनुहोस्