OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआश्विन २, २०७७ जुम्ला ।
१०३६ पटक

२०७७ असोज २ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधार सहित एमविविएस सहितका चिकित्सा क्षेत्रका माग गर्दै पाँच दिन देखी अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएको छ । डा. केसी १९ औ सत्याग्रह तथा अनसनको आज पाँचौ दिन भयो । उहाँको अवस्था बिग्रदै गएकाले शुचेच्छुक तथा सहयोगीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
डा. केसीको मुटुको धडकन बढ्नु, श्वास प्रश्वासमा समस्या देखी विभिन्न समस्या हुन थालेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ रानीचौरमा रहेको धर्मशालामा अनसन शुरु गर्नुभएको डा. केसीको जीवन रक्षाका लागि भन्दै राजनैतिकदलहरुले समेत समर्थन गर्ने काम शुरु भएको छ । अनसन स्थलमा हस्ताक्षर अभियान समेत शुरु गरिएको समर्थक प्रज्वल महतले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेस सहितका राजनैतिकदलहरु समेत अनस स्थलमै आएर समर्थन गर्ने काम शुरु भएको छ ।
प्रतिष्ठानले खटायो चिकित्सकीय टोली ‍
डा. केसीको अवस्था बिग्रदै गएपछि निगरानीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले अनसन स्थलमा चिकित्सकको टोली पठाएको छ । प्रतिष्ठानले विशेषज्ञ डा. प्रविण गिरी, डा. अनुपमंगल समाल सहित स्वास्थ्यकर्मीहरुको टोली पठाएको हो । स्वास्थ्यकर्मीहरुले डा. केसीेको स्वास्थ्य अवस्थाको वारेमा निगरानी गरिरहेको छ । पाँचौ दिन डा. केसीको मुटुको चाल बढिरहेकोे, श्वास प्रश्वास फेर्न कठिन तथा पिसावको मात्रा घट्न थालेको अनसन स्थलमा रहेका डा. गिरीले जानकारी दिनुभयो ।
यसैगरी आज देखी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डा. केसीको स्वास्थ्य अवस्थाको वारेमा लिखित जानकारी दिने उहाँले जानकारी दिनुभयो । डा. केसीको १९ औ अनसन जुम्लामा दोस्रो पटकको अनसन हो ।
समर्थनमा हस्ताक्षरण संकलन
डा. केसीका मागहरु र सत्याग्रहको बिषयमा सर्मथकहरुले हस्ताक्षर अभियान समेत शुरु गरेका छन् । अनसन स्थलमा व्यानरमा केसीका माग ठिक भएको भन्दै यूवाहरुले हस्ताक्षर अभियान शुरु गरेका छन् ।


बि.सं २०७५ साल असार १५ गतेदेखी १५ औ अनसन जुम्लाको कवर्डहलबाट अनसन शुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि चिकित्सकले बोकेरै अस्पतला पुरयाएका थिए । २० औ दिन सम्म अस्पतालमा बसेका डा. केसीको अवस्था गम्भिर रुपमा बिग्रेपछि २०७५ असार ३ गते सरकारले हेलिकोप्टर मार्फत डाक्टर केसीलाई काठमाण्डौ पुरयाएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्