OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २३, २०७७बाँके,
७५६ पटक

बाँके, भदौ २३ गते । बाँकेमा कोरोना सङ्क्रमित एक ब्यक्तिको उपचारको क्रममा मङ्गलबार निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का ८० वर्षीया महिलाको उपचारको क्रममा निधन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँको मृत्यु भएपछि मात्रै कोरोना पुष्टि भएको हो । विरामी भएपछि उहाँ शिक्षण अस्पताल नेपालगञ्जमा भदौ २१ गते भर्ना हुनुभएको थियाे ।

बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या अाठ पुगेको छ । नेपालगञ्जमा कोरोनाबाट निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा पनि एक/एक जनाको निधन भएको छ ।

मङ्गलबार विहान शिक्षण अस्पताल कोहलपुरमा दुर्घटनापछि गम्भिर घाइते भई उपचारको क्रममा कोरोना पुष्टि हुनुभएका अर्घाखाँची शितगङ्गा १२ का ४५ वर्षीय पुरुषको निधन भएको थियो ।

गोरखापत्र

प्रतिकृया दिनुहोस्