OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र २२, २०७७जुम्ला,
११४८ पटक

भदौ २२ गते । जुम्लामा आईसोलेशनमा रहेका संक्रमितलाई योगा अभ्यास गर्न थालिएको छ । आयूवेर्द शाखा जुम्लाले उनिहरुको प्रतिरक्षा प्रणाली बलियो बनाउने उद्देश्यका साथ योग शिविर गरेर योगा अभ्यास गराउदै आएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका निर्माण व्यवसायी संघको हलमा तयार गरिएको आईसोलेशनमा विहान योगाभ्यास गर्न थालिएको आयूवेर्द शाखा जुम्लाका प्रमुख तथा आयूवेर्द डाक्टर प्रतिभा शमाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोगप्रतिरक्षा प्रणाली कम भएपछि असर पार्न सक्ने भन्दै योगा अभ्यास आवश्यक रहेको र संक्रमितले निकै रुची राखेर काम गर्न थालेको जानकारी दिनुभयो । यसका साथै आईसोलेशनमा संक्रमितलाई आयूवेर्द औषधी समेत बितरण हुदै आएको छ । ३ दिन देखी चन्दननाथ नगरपालिकामा निर्माण व्यवसायी संघको हलमा तयार पारिएको आईसोलेशनका २७ जना संक्रमितलाई विहान ६ बजे देखी योगा अभ्यास गरिदै आएको छ ।

उक्त स्थानमा संक्रमितहरुले योगा निकै उत्तम भएकाले निरन्तरता गर्न आवश्यक रहेको बताएका छन् ।
यसैगरी जिल्लाको हिमा गाउँपालिकाको कालिका मा.वि बुअमा रहेको आईसोलेशनमा समेत टोली गएर योग शिविर सँगै आयूवेर्द औषधी वितरण गरेर फर्किएको डा. शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना शुरुवात देखी विभिन्न समयमा क्वारेन्टीनहरुमा गएर योगा सिकाउदै आउने काम भएपनि अहिले संक्रमितलाई समेत योगा सिकाईएको छ ।

योगाले आजभोली राम्रो बनाएको भन्दै यसलाई निरन्तरता गर्न आवश्यक रहेको एक जना संक्रमितले जानकारी दिनुभयो । हाम्रो शरिरको रोग सँग लड्ने क्षमता बढाउने उत्तम उपाय योगा भएकाले योग शिविर गरिएको आयुवेर्द शाखा जुम्लाका अध्यक्ष मनोज बुढाथोकी मगरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्