OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २१, २०७७जुम्ला,
९८९ पटक

भदौ २१ गते । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले टेलिफोेनमा जानकारी दिनुभएको छ ।
उहँको आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण गरिएको र नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पुष्टि समेत गरेको छ ।
टेलिफोनमा सांसद श्रेष्ठले आफु अहिले जुम्लामा भएको वेला स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको र अहिले होम आईसुलेशनमा बसिरेहेको जानकारी दिनुभयो । उहाँले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य भएको जानकारी दिनुभयो ।
यसैगरी जुम्लामा शनिवार र शुक्रवार सांसद श्रेष्ठ सहित थप ४ जनामा समेत कोरोना संक्रमण देखिएको छ । शुक्रवार परीक्षण गरिएको मध्य हिमा गाउँपालिका ३ जोगिवाडा गाउँका २७, ३५ र ५० बर्षिय ३ जना र चन्दननाथ नगरपालिका ८ का ३४ बर्षिय एक जनालाई कोरोना संक्रमण भएको सामाजिक विकास कार्यालयको तथ्यांकमा छ ।
यस अघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य संघका अध्यक्ष रजवअलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढ्थापालाई पनि संक्रमण हुदा आईसोलेशनमा बसिरहेको जानकारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्