OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीभाद्र २०, २०७७सुर्खेत
६५३ पटक

 

२० भदौ २०७७, शनिबार

कर्णाली प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ९ संक्रमित थपिएसँगै आज संक्रमितहरुको संख्या दुई हजार ५९८ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा जाजरकोटका तीन, बाँकेका दुई, सुर्खेत र सल्यानका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

त्यसैगरी, दैलेख अस्पताल दैलेखमा गरिएको आरटी पिसिआर परीक्षणमा दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमणबाट निको भएर आजै एकै दिन ४२ जना डिस्चार्ज भएका छन् ।

सल्यान वनगाड कुपिण्डे आइसोलेशन सेन्टरबाट २१, रुकुपश्चिमको मुसिकोट आइसेलशनबाट नौ, आठबीसकोट आइसोलेशनबाट छ, रुकुमपश्चिम अस्पतालबाट चार र कर्णाली प्रदेश अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाउनुभयो । आज ४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको उहाँको भनाई छ ।
डोल्पा, मुगु र हुम्ला छोडेर अन्य सात जिल्लाका विभिन्न आइसोलेशनमा ३०२ जना संक्रमितहरुको उपचार भईरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा ले जनाएको छ ।

हिमा गाउँपालिकामा २३ जना  डिस्चार्ज ः

यसैगरी जुम्लाको हिमा गाउँपालिकामा २३ जनाको नतिजा नेगेटिभ आएपछि घर फर्काईएको छ । गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार कालिका मा.वि बुअ र भैरव आधारभुत विद्यालय जोगिवाडामा रहेका ६ महिला र १८ पुरुषलाई खाता अविर लगाएर घर पठाईएको छ ।

 

प्रतिकृया दिनुहोस्