OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १९, २०७७काठमाडौं
३४४ पटक

१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा गर्नु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनु भएको हो । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको बताएका छन् । । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाले थप्नुभयो ।
खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिनुभयो ।

। अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा हुनु भएको हो ।

प्रतिकृया दिनुहोस्