OnlinePana

आज : २०८३ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १७, २०७७
५६७ पटक

कोरोना संक्रमण नछोएको तातोपानी गाउँपालिकामा केही व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि तातोपानी गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ ।

गाउँपालिकाल त्यसका लागि स्थानीयलाई सूचना प्रकाशन गरेर भिडभाड नगर्न, जात्रा, मेला, पैठ नगर्न । सामाजिक दुरीमा रहेर काम गर्न लगाएतका सन्देश सहित सूचना समेत जारी गरेको छ ।

अध्यक्ष नवरारज न्यौपानेद्धारा जारी सूचनामा हाम्रो गाउँपालिकामा समेत कोरोना पुगेकाले यसबाट बच्न, सचेत रहन नियम पालना गर्न अनुरोध गरेको छ । सूचनामा समुहमा बसेर जाँड, रक्सी जुँवा तासा नखेल्न, पार्टी संगठनको नाममा भेला प्रशिक्षण तत्कालका लागि बन्द गर्न भनिएको छ ।

यसैगरी अनाब्यश्य पाहुँना अन्य ठाउँमा नजान, भेलिवल, फुटवल, देउडा नगर्न, निषेधाज्ञा भएको समयमा भ्रमणमा जाने भोजको आयोजना नगर्न निर्देशन गरिएको छ । यसैगरी जिल्ला स्थित विपत व्यवस्थापन समिति, स्थानीय तह, सुरक्षा निकायहरुले जारी गरेको सुरक्षा मापदण्डको पालना अनिवार्य गर्ने सहितका बिषयमा जनतालाई अनुरोध सहित निर्देशन गरिएको हो ।

पछिल्लो समय सिञ्जा क्षेत्रमा धार्मिक भेला भईरहेको छ । स्थानीयले भने जानी जानी धार्मिक जात्रामा ठूलो भिडभाड गरिरहेको समयमा स्थानीय प्रशासनले निगरानी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अटेर गर्ने स्थानमा कानून अनुसार अगाडि बढ्ने बताउनुभयो । ।

प्रतिकृया दिनुहोस्