OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १६, २०७७जुम्ला,
१२७० पटक

जुम्ला भदौ १६ गते । जुम्लाका ४० जना र कालिकोटमा १९ जना गरी थप ५९ जनालाई कोरोना संक्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वाब परीक्षण गरेकोमा पछिल्लो समय जुम्लाका ४० जनालाई पोजेटिभ नतिजा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो ।

जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा घट्दै गईरहेको समयमा एक्कासि फेरी बढेको छ । चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विधुत प्राधिकरणका कर्मचारी ४ जना , तिला गाउँपालिकामा २ जना, तातोपानी गाउँपालिकामा २ जना, सिञ्जा गाउँपालिकाका १ जना, पातारासी गाउँपालिकाका १ जना, कनकासुन्दरी गाउँपालिका १ जना, पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जना गरी ४० जनामा संक्रमण देखिएको जानकारी गरिएको छ । यसैगरी कालिकोटका १९ जना मध्य तिला गुफाँका नगरपालिका २ का धेरै जसो संक्रमण भएको अस्पताल स्रोतले जनाएको छ ।

यसैगरी धेरै जसो जुम्लाका चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले जुम्ला सदरमुकाम उच्च जोखिममा रहेकोले त्रास थपिएको अस्पताल निर्देशक रावलले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले संक्रमण फैलिन नदिन भन्दै लामो समय देखी निषेज्ञाआज्ञा गरेर आधा दिन खुकुलो भएको दुई दिन नपुग्दै पुन संक्रमण बढेपछि थप त्रास फैलनुका साथे सोचनिए बनाएको छ ।

१४ गते संकलन गरिएको स्वाबमा धेरैको पोजेटिभ देखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
यसैगर िकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसुलेसनमा रहेका ११ जना, र हिमा गाउँपालिकाको आईसुलेसनमा रहेका २१ जना डिस्चार्ज समेत भएका छन् ।

आज संक्रमण देखिएका सवैलाई आईसुलेशनमा राख्न भईरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार विहान भदौ १७ गते सुरक्षा समितिको वैठक तथा कोभिड व्यवस्थापन समितिको वैठक बोलाईएको जानकारी दिनुभयो ।
रोकिएनन् धार्मिक मेला :

कोरोनाले जेलिरहेको समयमा गाउँमा धार्मिक मेला रोकिएका छैनन् । अहिले पनि लापरवाही पुजा गर्ने क्रममा जिल्लाका केही स्थानमा स्थानीयले गरेको मेलाले ठूलो डर भएको सरोकारवालाहरु बताउछन् । अहिले भेला हुने समय नभएको हुदा सचेत हुन स्थानीयले वेलै थप सोच्न आवश्यक छ । स्थानीय प्रशासनले पटक पटक सचेतना र चेतावनी मुलक सूचना दिईरहेको समयमा लापरवाही बढिरहेको प्रति सवैको चासो बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्