OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीभाद्र १०, २०७७जुम्ला,
१००६ पटक

भदौ १० गते । सरकारले कर्णाली स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य शिक्षा क्षेत्रको स्नातोकोत्तर कक्षा संचालन गर्न अनुमति दिएको छ ।

प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडिजिपी जनरल प्राटिक्स, एमडि एनेष्थेसिया, एम डि पेड्रियाटिक्स विधामा पठन पाठन गर्नको लागि स्विकृति दिने निर्णय भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार गत साउन ३० गते भएको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमाणित भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारको यो निर्णयपछि प्रतिषठनले अव सफलताको अर्को फड्को मारेको छ । विशेषज्ञ सेवा अध्ययन गरेर कर्णालीले मुलुकलाई अव दक्ष जनशक्ति दिने अवसरका लागि नेपाल सरकार प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग, प्रतिष्ठानका पदाधिकारी र शुभचिन्तक सवैलाई धन्यवाद सहित बधाई ज्ञापन गर्नुभयो ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार आयोगको फुल हाउस वैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडिएमएस ५ सिटको पक्का भएको छ । अव कर्णालीले एम विविविएस स्विकृत समेत पाउने बिषयमा आसा पलाएको छ । आजै सो बिषयमा कर्णाली प्रतिष्ठानलाई पत्र प्राप्त भईसकेकाे शिक्षाध्यक्ष थापाले जानकारी दिनुभयाे ।

यता एक महिना अघि देखी कर्णाली प्रतिष्ठानमा सो कार्यक्रमहरु सहित एम विविएसका लागि स्विकृत दिन भन्दै प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, अस्पताल निर्देशक डा. मंगल रावलले लकडाउन र निषेधाज्ञाकै बिचमा काठमाण्डौमा चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालयमा दौडधुप गर्दै आउनु भएको थियो ।

कर्णालीमा उच्च स्तरको जनशक्ति अध्ययन गर्नका लागि सरकारले स्विकृत दिएपछि सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै तातिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला स्थापनाका पहल समितिका संयोजक तथा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको जीवनमा यो हासिलो यो महान उपलब्धीका लागि प्रधानमन्त्री, चिकित्सा शिक्षा आयोग र प्रतिष्ठानका पदाधिकारीहरुलाई आभार प्रकट गर्नुभएको छ । उहाँका अनुसार कर्णालीले मुलुकका लागि डाक्टर उपलब्ध गराउने अवसर पाएको छ ।

प्रतिकृया दिनुहोस्