OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ६, २०७७काठमाडौं
८५२ पटक

भदौ ६ , काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।

महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेता जनार्दन शर्माले जानकारी दिनुभयो ।

कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहन्थ्यो । सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने जनाएका छन् । साउन ३० गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्