OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र २, २०७७जुम्ला,
९८५ पटक

भदौ २ गते । तिला गाउँपालिकाको वडा नं ७ घोडासिन गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । निकै भिरालो स्थानमा रहेको उक्त गाउँको घरहरुनै जिल्लाकै उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

उच्च जोखिम उक्त घोडेसिन गाउँ भित्रै पहिरो गएपछि त्रास बढेको उक्त गाउँमा तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी, उपाध्यक्ष बिष्णु बुढा, प्रमुख जिल्ला भुपेन्द्र थापा, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगायतको टोली पुगेर अनुगमन तथा अन्तरक्रिया गरि फर्किएको छ । अन्तरक्रियामा स्थानीयले गाउँभित्रै पहिरो गएकाले रोकथामका लागि अनुरोध गरेका छन् । भिरालो गाउँभएकाले गाउँभित्र गएको पहिरोले एक घर भत्किएको तर मानवीय क्षेति नभएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय गोर्खबहादुर रोकायाले गाउँ भिरालो भएकाले पटक पटक पहिरो जाने भएकाले डर थपिएको गुनासो गर्नुभयो ।

गाउँभित्रै गएको पहिरोको लागि व्यवस्थापन तथा घर निर्माण गर्न साढे ४ लाख आएको तर गाउँपालिकाले तत्कालका लागि रु एक लाख सहयोग गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुभयो ।

८६ घरधुरी भएको उक्त गाउँ ठाडो भिरालोमा छ, अव यसलाई बस्ति स्थान्तरका लागि पहल गर्न आवश्यक रहेको गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाकै जोखिम बस्ति भएकाले स्थान्तरण गर्नुको बिकल्प नभएको बताउनुभयो । यसका लागि स्थानीय सरकार र गाउँवासीको माग भएमा पहल अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
खानेपानी छैन, बर्थिङ सेन्टर नहुदा समस्या :
स्थानीयले ८६ घरधुरीको गाउँमा खानेपानी नभएको भन्दै खोलाकै पानी खाने गरेको बताएका छन् । गाउँमा खानेपानी समेत नहुनु हामी निकै समस्यामा भएको गुनासो गरेका छन् । स्थानीय बुनकली रोकायाले गाउँ महिलाहरु सुत्केरी हुने स्थान नभएकाले र्दुइ घण्टा टाढाको बाटो सेरीमा जादा सम्म कति पय महिलाहरु भिरालो बाटोमै सुत्केरी हुन वाध्य भएकाले बर्थिङ सेन्टर स्थापना गरिदिन प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारलाई माग गर्नुभयो । भिरालो गाउँभित्रै ढल निकासको पनि आवश्यकता रहेको स्थानीयको माग छ ।
गाउँमाथी पक्कि कुलो बन्दा जोगियो बस्ति :
सो घोडेसिन गाउँ माथी सिँचाईका लागि ल्याएको कुलो भने अहिले पक्कि बनाएपछि बस्तिनै जोगिएको छ । नेपाल सरकार बन तथा बाताबरण मन्त्रालय तथा डब्लु एफपिको सहयोगमा पेस नेपाल जुम्लाद्धारा संचालित परियोजना अन्तरगत खाद्य सुरक्षाका लागि जलवायू परिवर्तन कार्यक्रमले रु ४१ लखको ७९ हजार आठ सय ७० लागतको पक्कि कुलो निर्माण भएको छ । सो कुलाको अनुगन स्थानीय सरकारले समेत गरेको छ । कुलो निर्माणपछि गाउँमा बढि भएर बग्ने पानी सिँचाईको रुपमा परिणत भएपछि एकातिर सिचाई र अर्कोतिर बस्ति नै जोखिमबाट जोगिएको सो भित्रिखोला सिचाई आयोजनाका अध्यक्ष भगवत रोकायाले जानकारी दिनुभयो ।

स्थानीयले गाउँमा प्रमुख जिल्ला अधिकारी पहिलो पटक आउदा खुशी व्यक्त गरेका छन् । कालिकोट र जुम्लाको सिमानमा रहेको उक्त बस्ति निकै भिरालो जोखिम ठाउँमा भएकाले यसलाई जोगाउन अव जिल्ला स्तरकै एजेण्डा बनाईनुपर्ने स्थानीयले जोड दिएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरुको टोलीलाई गाउँका आधारभुत विकास र बस्तिलाई जोखिम बनाउन अपिल गरेपछि यस बस्तिको सुरक्षाका लागि जिल्लाकै एजेण्डा बनाईनुपर्ने गाउँपालिका अध्यक्ष योगीले बताउनुभयो । सो गाउँमा जलवायू क्षेत्रमा कार्यरत संस्था पेस नेपालका अध्यक्ष किश्वर न्यौपानले बस्ति नै सार्ने भएपनि केही लगानी गर्न सकिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्