OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन २७, २०७७जुम्ला,
११४९ पटक

साउन २७ गते । बर्षा सँगै बढेको नदिको बहाबले मार्सीधानमा क्षेति पुरयाएको छ । भारी बर्षात पछको वहाबले जिल्लाको तिला नदि र हिमा नदिमा मार्सीधानमा क्षेति पुरयाएको हो । अत्याधिक पानी पर्दा कर्णालीको सहायक नदि तिलाको वहावले बिगौ मार्सीधान रोपिएका खेतहरु पुरिएका छन् ।

जिल्लाको श्रीढुस्का, तलिउम, लाम्रा, तातोपानी, बाईराका, त्रिवेणी लगाएतका क्षेत्रमा लगाईएको मार्सीधानमा पानीको बहाब अत्याधिक बढेपछि मार्सीधान रोपिएको खेतमा ठूलो क्षेति पुगेको छ । पानीको वहाबले खेतनै नदि बनाएपछि स्थानीयले टुलुटुलु हेर्ने वाहेक केही भएन । सो क्षेत्रमा अहिले सयौ बिगा मार्सीधान रोपिएका खेतहरु पानीले डुबाएपछि किसानलाई ठूलो क्षेति पुरयाएको हो ।

तातोपानी गाउँपालिका वडा नं १ निवासी रामचन्द्र सार्कीले आफ्नो भएको एक दुई खेत पुरै पानीले डुवाएपछि लगाएको बाली त क्षेतिनै हुने भयो तर खेत पनि नदि बनेको भन्नुभयो । सोही वडाका नरजित शाहीले गाउँका एकसय पचाँस घरधुरीका धेरै खेतहरु पानीमा डुबेपछि ठूलो क्षेति पुगेको सो क्षेत्रमा रिपोटिङ्गका त्यहाँ पुगेका पत्रकारहरुलाई गुनासो गरेका छन् । आईतवार आएको बहावले सो क्षेति पुरयाएको हो । यसैगरी चन्दननाथ नगरपालिकाको ज्ञान कुञ्ज माध्यामिक विद्यालय श्री ढुस्कामा पानीले डुवान भएको छ । यसैगरी तातोपानी गाउँपालिकाले लाम्रामा बनाईरहेको रंगशाला क्षेत्र पनि डुबान भएको छ ।

यसैगरी तातोपानीको बाईराकामा रहेको सोलार सिप्ट सिचाई समेत डुवाएको छ । तिला नदि नदि वारपारका घट्ट , मन्दिरहरु, काठे साँघुहरु नदिको बहाबले बगाएको छ । अर्कोतिर प्रयाप्त मात्रामा बगाएर लिएका काठ र दाउँरा टिप्न स्थानीयहरु नदिको छेउमा दुई दिन देखी व्यस्त देखिन्छन् ।

यता सिंजा क्षेत्रमा समेत विभिन्न स्थानमा नदिको छेउमा रहेका धान रोपिएका खेतहरुमा डुबान परेका छन् । कनकासुरी गाउँपालिकाको न्यारीघाटमा सडक निर्माणका लागि सामग्रीहरु समेत बगेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार बिस्तारै पानीको वहाब समेत बढाईएको छ ।

जथाभावी नदि क्षेत्रमा गिट्टी, बालुवा निकालिएका क्षेत्रमा झन बढि डुवान र कटान भएको छ । जिल्लाको श्री ढुस्का, त्रिवेणी, लुमसेरा, राकाँ क्षेत्रमा बढि डुबान र कटान भएको छ । जथाभावी रुपमा डोजरले नदिको बाटोनै फरक हुनेगरी जेसिभी र डोजरले खन्ने बढेपछि नदिको मौलिक प्रकिृतमा ठूलो दोहोन भएको छ । जिल्ला समन्वय समिति जुम्लाले पटक पटक रोक्न प्रयास गरेपनि रोकिएको छैन् ।
क्याप्सन ः तिला नदीको राँका ज्यूलो पानीको वहावमा डुवेको राँका गाउँको ज्यूलो तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्