OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दिलमाया शाही मंसिर २, २०७५जुम्ला
६६९ पटक

। खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आज हुने भनिएको बन्द सत्र स्थगीत भएको छ । गणपुरक संख्या नपुगकै कारण बन्दसत्र स्थगीत हुन पुगेको हो । ५ औँ साधारणसभाको खुल्ला र बन्द सत्र दुवैमा गणपुरक संख्या नपुगेकै कारण निर्वाचन प्रक्रिया लम्बिएको छ । खुल्ला सत्रमा ५० प्रतिशत र बन्द सत्रमा ४० प्रतिशत सदस्यको उपस्थितीमा नयाँ समिति चयन हुनु पर्ने व्यवस्था भएपनि गणपुरक संख्या नपुगै कारण शनिबारको बन्द सत्र स्थगीत भएको हो । आईतबार सम्म नयाँ नेतृत्व चयन गरिसक्नु पर्ने भएकाले आइतबार उपस्थित सदस्यको सहमतिमा नयाँ समिति चयन गरिने छ ।

१ हजार ३ सय ९ जना उपभोक्ता रहेको खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्नको लागि खुल्ला सत्रमा ६ सय २५ र बन्द सत्रमा ५ सय २५ जना सदस्यको उपस्थित हुनु पर्ने विधानमा उल्लेख छ । विधानमा उल्लेख भए अनुसार सदस्यहरुको उपस्थित नभएका कारण चुनावी साधारणसभा लम्बिएको सचिव मीनवहादुर थापाले जानकारी दिनुभयो । समितिको चुनावी साधारणसभाको माहोल ताति रहेको बेला पुन पनि अध्यक्षमा पन्नवहादुर रोकाया हुने संभावना बढेको छ ।
अध्यक्षको आकांक्षी अरु कोहि नभएका कारण उहाँको संभावना बढेको हो । १९ वर्ष देखि खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति जुम्लाको अध्यक्षमा रोकाया हुनुहुन्छ । समिति दर्ता भएदेखि अध्यक्ष हुनु भएका रोकाया हालपनि अध्यक्ष पदमा रहनु भएको छ । २०५६ सालमा खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थापना भएको हो ।
उहाँले ६ वटा कार्यकाल अध्यक्ष पदमा रहि बिताई सक्नु भएको छ । खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको विधानमा एउटै व्यक्तिले तिन भन्दा बढी कार्यकाल हुन नपाउने व्यवस्था गरेको छ । तर, २०६९ सालमा विधान संशोधन भएका कारण अध्यक्ष रोकाया अझै दुई कार्यकालको लागि संभावित अध्यक्ष हुन पाउने बाटो विधानले नै खुल्ला गरि दिएको छ । २०६९ साल भन्दा अघि विधानमा यस्तो कुरा उल्लेख नगरेको र त्यसपछि विधानमा भएको व्यवस्था अनुसार अध्यक्ष हुनको लागि कुनै बाधा अवरोध नहुने अध्यक्ष रोकायाले बताउनु भयो ।

उमेरले ७८ वर्ष पुग्नु भएका रोकाया सहजै अध्यक्ष पदबाट बाहिरिने अवस्था छैन् । उहाँले भन्नुभयो, म नै अध्यक्ष हुनु पर्छ भन्ने होइन, सबै उपभोक्ताले स्वीकार गरेका कारण अध्यक्ष हुनु परेको हो । उपभोक्ताको विश्वास आफुलाई भएको प्रतिक्रिया दिदै उहाँले अरुकोहि अध्यक्ष आउन खोजे बजारको माग अनुसार खानेपानीको व्यवस्थापन गर्न नसक्ने बताउनु भयो ।

समिति गठनमा वर्तमान अध्यक्ष रोकायाको महत्वपूर्ण भूमिका रहेकाले प्रत्येक ३ वर्ष पछि हुने चुनावी साधारणसभामा अध्यक्षको लागि कसैको पनि उम्मेदावारी पर्ने गरेको छैन् । उम्मेदवारी नपर्ने र गणपुरक सदस्य उपस्थित नहुने भएका कारणले गर्दा अध्यक्ष हुनको लागि रोकायालाई सहज भएको छ । यस पटकको चुनावी साधारणसभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुने संभावना रोकायाको निकै बढी छ ।

प्रतिकृया दिनुहोस्