OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १४, २०७७जुम्ला,
७०५ पटक

खलङ्गा साउन १३ गते । जुम्लामा टेलिफोन कटने र ईन्टरनेट ढिलाईले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ ।
जुम्लामा लकडाउन पछि फोन कट्ने, प्रष्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको ल्याण्डलाईन ईन्टरनेट सेवा समेत निकै ढिलो भएकाले कामकाजमा प्रभावित भएको छ ।

यसैगरी सदरमुकाममा समेत मोवाईल समेट प्रष्ट नसुनिने भएकाले उपभोक्ताहरु गुनासो गर्दै आएका छन् । स्थानीय राम रावलले मोवाईलमा प्रष्ट आवाज नसुनिने र रोकिने समस्या आएको तर यसका लागि सरोकारवाला निकायले समस्या सामाधानमा ध्यान नदिएको बताउनुभयो । मोवाईल डाईल हुने कुनै कुरा नभएर पैसा मात्रै कट्ने समस्याले अहिले हैरान बनाएको धेरैको गुनासो छ ।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ग्राहक बढ्दै गएका र टान्समिसन क्षमता पुरानै भएका भएकाले अहिले टेलिफोनमा समेत समस्या आएको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि प्रदेश कार्यालयलाई समेत पत्राचार गरिएको छ । साउन ९ गते टेलिकम जुम्लाले प्रदेश कार्यालय सुर्खेतलाई लेखेको पत्रानुसार एक हप्ता देखी मोवाई र डाटामा समस्या भएकाले एथासिघ्र पहल गरिदिन अनुरोध गरिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
टान्समिसन लिंक साँघुरो भएकाले बढाउनु पर्ने अवस्था भएको छ । क्षमता मात्रै बढ्ने हो भने सुधारिन सक्छ । यसैगरी ईन्टरनेटको ढिलाईले पनि उपभोक्ता आक्रोसित छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको छ । मिडिया हाउसहरुमा समेत ईन्टरनेट ढिलाईले एक समाचार पठाउन घण्टौ लाग्ने गरेको पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कोरपाटी अनलाईनका सम्पादक पूर्ण प्रसाद चौलार्गाइले जानकारी दिनुभयो ।

ईन्टरनेट कमजोरीका कारण बैंक तथा बित्तिय संस्थाका काम देखी ई प्रणालीबाट गरिने आर्थिक कारोवार समेत प्रभावित हुने गरेको छ ।

गाउँपालिकामा त झन हैरान छ । पछिल्लो समय बजारमा आएका वल्डलिंक, एभरेष्ट, लगायतका ईन्टरनेट समेत ढिलो चल्ने भएकाले हैरान भएको हो । ईन्टरनेटका कारण गाउँपालिकाका धेरै कामहरु प्रभावित हुने गरेको जुम्लाको पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । असारमा ईन्टरनेटका कारण काम गर्न तनाब भएको कनकासुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाले गुनासो पोख्नुभयो ।

प्रतिकृया दिनुहोस्