OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ८, २०७७ सुर्खेत
३२८ पटक

 ८ साउन २०७७, बिहीबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विभिन्न मुद्दामा संलग्न रही फरार अवस्थामा रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयको खटिई गएको विशेष टोलीले कतव्य ज्यान, जबरजस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई यही साउन ५, ६ र ७ गते पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

प्रवक्ता बास्तोलाका अनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका दुल्लु नगरपालिका १० दैलेखका बिष्णुबहादुर थापालाई बीरेन्द्रनगर नगरपालिका १ बाङ्गेसिमल, जबरजस्ती मुद्दामा ३ वर्ष कैद तोकिएका डुंगेश्वर गाउँपालिका ३ दैलेखका टोपबहादुर खत्रीलाई बीरेन्द्रनगर नगरपालिका १२ चनौटे र चेक अनदार मुद्दामा २ वर्ष जेल सजाय तोकिएका बीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका नवराज शर्मालाई सोही स्थानबाट पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा बुझाईएको छ ।

प्रतिकृया दिनुहोस्