OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जुम्लामा नेकपाको बिबाद चुलिदो : तातोपानीमा दुई कमिटि गठन

पार्टी हित विपरित काम गर्नेलाई कारवाही गरिने

कोरपाटी संवाददातासाउन ५, २०७७ जुम्ला,
७५७ पटक

जुम्ला, साउन ५ गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जुम्लामा स्थानीय तहमा पार्टी संगठन बिस्तारको क्रममा भएको असन्तुष्टताले ठूलो रुप लिएको छ ।

नेकपा जुम्लाका नेता कार्यकर्ताहरु दुई भागमा बिभाजन भएपछि समानान्तर कमिटि समेत गठन हुन थालेका छन् । यहाँको तातोपानी गाउँपालिकामा दुईवटा कमिटी गठन भएका हुन् । २०७७ साल साउन ३ गते समानान्तर कमिटि समेत गठन गरिएको हुदा पार्टी कमजोर हुने गतिविधी भएको नेकपा जुम्लाले पत्रकार सम्मेलन गरि जानकारी गरेको छ ।

नेकपा जुम्लाले गरेको पत्रकार सम्मेलनमा नेकपा जुम्ला अध्यक्ष बिरबहादुर कुँवरले पार्टी विपरित कुनै पनि गतिविधि भएमा कारवाही गरिने बताउनुभयो । उहाँले संगठन निर्माणको क्रममा भएका असन्तुष्टिलाई सड्कमा पुरयाउने राम्रो नभएको बताउनुभयो । नेकपा जुम्ला अध्यक्ष बिरबहादुर कुँवर र सचिव तिर्थ बुढाको हस्ताक्षरित प्रेस बिज्ञेप्ति सचिव तिर्थ बुढाले पढेर सुनाउनु भएको छ । बिज्ञेप्तिमा २०७६ साल फागुन २२ को जिल्ला कमिटि वैठकले १ नगर र सात गाउँपालिका कमिटि गठन गरिएको बिषयको विरुद्धमा पत्रकार सम्मेलन र साउन ३ गते अध्यक्ष अमृत सार्की र सचिव पूर्ण पाण्डे नेतृत्वको समानान्तर कमिटी गठन भएको विज्ञेप्तिमा उल्लेख छ । सो कार्यपार्टीको विधान बिपरित भएकाले कारवाही समेत गर्ने भनिएको छ । अध्यक्ष कुँवरले स्पष्टिकरणको पत्र समेत पठाईने बताउनुभयो । अहिले तातोपानी गाउँपालिकामा अध्यक्ष पूर्णप्र्रसाद धिताल र सचिव लालबहादुर बिष्टको एक र अध्यक्ष अमृत सार्की र सचिव पूर्णप्रसाद पाण्डे नेतृत्वका दुई कमिटि गठन भएका छन् ।

यता तातोपानी गाउँपालिकामा साउन ३ गते गाउँपालिका स्तरीय पूर्ण कमिटि गठन नभई गत भदौमा पार्टीले दिएको जिम्मेवारी पुरा गरिएको अर्को पक्षको दावी छ । सो कमिटिका अध्यक्ष अमृत सार्कीले गत भदौ महिनामा पार्टीले आफुलाई अध्यक्ष बनाएर पत्रसहित पठाएको थियो तर अहिले आफुलाई हटाएर अर्कोलाई फेरी अध्यक्ष गरेर पठाउनु राम्रो नभएको र पार्टीका केही व्यक्तिहरुलेनै समानान्तर कमिटि गठन गरेर पठाएका बताउनुभयो । उहाँले आफुलाई कुनै जानकारी नदिई जिल्ला कमिटिमा लिने नाममा अर्को अध्यक्ष बनाउनु राम्रो नभएको र आफुलाई पार्टीले पहिलो अध्यक्ष बनाएकाले साउन ३ गते स्थानीय तहको पार्टीलाई पूर्णता दिन ७५ सदस्यीय नयाँ कमिटि गठन गरिएको टेलिफोनामा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले एउटै पालिकामा पहिला एक जना र पछि अर्को अध्यक्ष किन बनाएको भन्ने जिज्ञासामा पार्टी अध्यक्ष कुँवरले अमृत सार्कीलाई जिल्ला कमिटिमा र पातारासीको रामबहादुर बुढालाई सल्लाकार समितिमा पठाईएको बताईएको छ ।

रामबहादुर बुढालाई सल्लाहकार समितिका लिईएकोले परिवर्तन गरिएको अध्यक्ष कुँवरले थप्नुभयो । यस अघि १० जना प्रदेश समिति सदस्यहरुले पत्रकार सम्मेलन गरि जिल्ला कमिटि बिस्तार अध्यक्ष र सचिवले मनपरी बिस्तार गरेको आरोप लगाउदै पत्रकार सम्मेलन गरेका थिए ।

प्रतिकृया दिनुहोस्