OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन १, २०७७जुम्ला,
१०३२ पटक

खलङ्गा २०७७ साउन १ गते । जुम्लामा परा पूर्वकालदेखी देखी मनाउदै आएको साउने संक्राति राँका बालेर मनाईएको छ ।
स्थानीयले घरको छत, आगन र ओटालोमा राँका बाल्दै संक्राति मनाएका हुन । उनिहरुले परम्परागत रुपमा राँका वाल्दै आफ्नो गाउँ सिधा खोला पारिका गाउँहरुका मानिहसरुलाई गालि समेत गर्ने चलन अनुसार मनाएका हुन् ।

हरेक घरमा जति परिवार सदस्य छन त्यति नै राँका वालेर आ आफ्नो छत तथा आगनमा आफु र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्यादी सवै जावस भन्ने कामना अनुसार राका वाल्ने चलन कर्णाली क्षेत्रमा रहेको छ ।

आज साउन १ गतेबाट कर्णालीका गाउँवस्तिहरु झिसमिसे अध्यारोमा देवादार र सल्लाको वल्ने दाउरा वालेर राँका वाल्ने चलन छ ।
यसले यहाँ एक फरक सभ्यता र उदाहरण स्थापित गर्दै आएको छ । आगोको राकाँ बाल्ने बित्तिकै ठूलो श्वरले घरका सवै परिवारहरुले कराउने र खोला पारिको गाउँका मानिसहरुलाई गालि गर्ने चलन रहेको छ । राँका वालि सकेपछि बनाईएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ । यसैगरी दमाहा, ताल समेत बजाउने चलन रहेको छ ।

जुम्ला सदरमुकाम र जिल्लाका गाउँबस्तिहरुम एकैपटक आगोको राँका बालेर साउने संक्रान्तिको सन्देश दिने चलन पनि यस पटक पनि व्यापक रुपमा झल्कियो । एकै पटक सवैको घरमा परिवार सदस्य अनुसारको हजारौ आगोको राँका वालेर हेर्दाको दृश्य निकै रौनक देखिन्थ्यो ।

परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठूलो सभ्यता वोकेको संस्कृति विद्ध रमानन्द आचार्यले बताउनुभयो । यसैगरी साउन १ गते यो क्षेत्रमा स्थानीय विदा समेत गर्ने चलन रहि आएकोमा यस बर्ष कर्णाली प्रदेश सरकारले राजपत्र अनुसार साउन १ गते बिदा दिने चलन अनुसार विदा दिईएको छ ।

जुम्लाका गाउँबस्तिमा रौनक कम भएका छैनन भने । पछिल्लो समयमा जुम्ला सदरमुकाममा नयाँ आधुनिक घरहरु निर्माण भएका कारण टिन र सिमेन्टको छत भएका घरहरुले आगन र बाटोमा राँका बाल्ने चलन निरन्तरता दिईएको छ ।

प्रतिकृया दिनुहोस्