OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३१, २०७७सुर्खेत
३४२ पटक

३१ असार २०७७, बुधबार

नेपाल राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) र फोटो पत्रकार क्लब (पिजे)ले मुलुकका विभिन्न सञ्चार गृहहरुको गैर व्यवसायिक हर्कतविरुद्ध ऐक्यवद्धताका साथ अघि बढ्न सम्पूर्ण फोटो पत्रकाहरुलाई अपिल गरेका छन् ।

आज (बुधबार) एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्त र पिजेका प्रवक्ता दिपेश श्रेष्ठद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा गैर व्यवसायिक मनसाय र श्रमजीवि पत्रकार ऐन विपरीत भएका हर्कतविरुद्ध लाग्न सम्पूर्णलाई अनुरोध गरिएको छ । प्रेषित विज्ञप्तिमा भनिएको छ, “मिडिया हाउसले लकडाउनलाई एउटा बहाना बनाएकोे अनुभूति यतिबेला श्रमजीवी पत्रकारहरुलाई भएको छ । समय संकटपूर्ण छ तर यसको समाधान पत्रकारहरुलाई निष्कासन गर्ने, बेतलबी विदामा राख्ने वा पारिश्रमिक कटौति गर्ने होइन ।”

लकडाउनको अवधिमा श्रमजीवी पत्रकार तथा फोटो पत्रकाहरुलाई निष्कासन गर्ने, बेतलवी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, जिम्मेवारीविहीन गराउने जस्ता जटिल समस्या मिडिया हाउसहरुमा देखिएको औंल्याउँदै फोटोपत्रकार समूह र क्लव दुवैले श्रमजीवी पत्रकारको हक अधिकार संरक्षणका लागि अग्रपंतिमा रहने र मिडियासँग सम्वद्ध संघ संस्थाहरुसँग हातेमालो गर्दै श्रमजीवी पत्रकारको अधिकार रक्षाको संघर्षमा सँगै हुने जनाएका छन् ।

“मूलत ः मुलुकको केन्द्रबिन्दु काठमाडौंमा कार्यरत फोटोपत्रकार क्लव (पिजे क्लव) का अध्यक्ष तथा अन्र्नपूर्ण पोष्टमा फोटो सम्पादक विकास कार्कीलगायत अन्य श्रमजीवी पत्रकारहरुलाई संस्थाबाट निष्कासन गर्ने गलत मनसायले विभिन्न बाहानामा सरुवाको नाटक मञ्चन गरिएको छ,” समुहका महासचिव वन्तले भन्नुभयो, “यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।”

उहाँका अनुसार अन्नपूर्ण पोष्ट दैनिकको व्यवस्थापन र सम्पादकीय नेतृत्वलाई उक्त गैरव्यवसायीक निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरिएको छ । फोटो पत्रकारहरुको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न जुनसुकै मूल्य चुकाउन आफुहरु पछि नपर्ने चेतावनी फोटो पत्रकारहरुले दिएका छन् ।

प्रतिकृया दिनुहोस्