OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३१, २०७७काठमाडौं
१३४३ पटक

 ३१ असार २०७७, बुधबार

बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल एपीएफका वरिष्ठ उपरिक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ।

अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए। कास्कीका प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले अधिकारीलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।

एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घटना बुधबार बिहानको भएको बताइएको छ। अधिकारीको मंगलबार मात्र शसस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा सरुवा भएको थियो। उनी एक वर्षयता लामापाटनमा थिए।

पिडित भनिएकी महिला चितवन घर भई पोखरा बस्ने गरेको बताइएको छ। एसएसपी अधिकारी स्याङ्जाका हुन्।

प्रतिकृया दिनुहोस्