OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३०, २०७७ सुर्खेत
७५३ पटक

 ३० असार २०७७, मंगलबार

बराहताल गाउँपालिका २ सुर्खेत रानीघाटमा रु.दुई करोड ८२ लाख लागतको प्रहरी चौकी निर्माण भएको छ । युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो ।

विसं.२०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भई चालु आर्थिक वर्षमा सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले आज उद्घाटन गर्नुभएको छ । उक्त भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक पन्तले नवनिर्मित प्रहरी भवनलाई आफ्नै सम्पतिका रुपमा जगेर्ना गर्न गाउँपालिका र नागरिक समाजलाई अनुरोध गर्नुभयो ।

प्रहरी जनशक्ति अपुग छ । त्यसका लागि हामी छिट्टै व्यवस्थापन गर्छौं, उहाँले भन्नुभयो । प्रहरी नवनिर्मित भवनलाई आफ्नै हो भनी आवश्यक मर्मत सम्भार गर्न र नागरिकहरुको शान्ति सुरक्षामा तदारुकताका साथ लाग्न प्रहरी नायब महानिरीक्षक पन्तले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रहरी चौकी निर्माण हुनुले यहाँका नागरिकहरुको शान्ति सुरक्षामा टेवा पुग्ने बताउनुभयो । प्रहरी नागरिकको साथी बनेर काम गर्नुपर्ने धारणा व्यक्तै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकहरुले पनि ऐन कानून र अनुशासनमा बस्न आग्रह गर्नुभयो ।

बराहाताल गाउँपालिका २ सुर्खेतका अध्यक्ष यौवराज कार्कीले समाजमा बढ्दै गएको अपराधीकरणका लागि कानून आवश्यक हुने बताउँदै अनुशासित नागरिकहरुको सुरक्षा र गलत आचारण भएकाहरुलाई नियन्त्रण राख्ने सरकारको सुरक्षा सेवा एकाई (प्रहरी चौकी) गाउँमा निर्माण हुनुले खुशी तुल्याएको विचार व्यक्त गर्नुभयो ।

युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसका ईञ्जिनियर अनुज पाण्डेले भवन निर्माण सम्बन्धित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट स्थानीय जनप्रतिनिधि र नागरिक समाजको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्