OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आषाढ २९, २०७७सुर्खेत
४७८ पटक

२९ असार २०७७, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद जोखिम न्युनिकरणका लागि तयरा रहन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले अबको तीन महिना विपद प्रतिकार्यमा केन्द्रीत हुन विभागी मन्त्रालयसहित सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । विपदको घटना जानकारी पाउने बित्तिकै प्रभावकारी रुपमा उद्धार कार्यमा लाग्न निर्देशन दिनुभयो । वर्षायामको शुरुवातसँगै बाढी, पहिरो, डुबान, सडक अवरोधलगायतका विपदका घटनाहरु बढ्न थालेको बताउँदै उहाँले उच्च सतर्कता र प्रतिकार्यको तयारीमा रहनुपर्ने धारणा राख्नुभयो ।

उद्धार कार्यको लागि जनपथको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरी सक्रिय बनाउन, उद्धार कार्यका लागि आवश्यक सामाग्रीको व्यवस्था मिलाउन, विपद प्रभावित समुदायको लागि खाद्यान्न, लत्ताकपडालगायतका बन्दोबस्तीका सामाग्री व्यवस्थापन गर्नसमेत बैठकमा मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो ।

मातहत तथा सम्वद्ध निकायलाई उहाँले भन्नुभयो, “उद्धार तथा उपचारको लागि यातायात पहुच भएका क्षेत्रमा एम्बुलेन्स र पहँुच नभएका क्षेत्रका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्नुस् । जोखिमयुक्त क्षेत्रको पहिचान गरी त्यस्तो ठाउमा बसोबास गरिरहेका नागरिकहरुको अस्थायी रुपमा भएपनि बसाई सार्ने प्रबन्ध मिलाउने कामलाई तदरुकताका साथ अघि बढाउनुस् ।”

उहाँले पहिरोका कारण सडक अवरुद्ध हुन नदिन र सडक अवरोध हटाउन निश्चित दुरीमा पायक पर्ने गरी स्काभेटर तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो । खाद्यसंकट हुन नदिन तथा आपत्कालीन अवस्थाका नागरिकलाई खाद्य आपूर्तिका लागि हरेक जिल्लामा खाद्यान्न भण्डार गर्न र विपद प्रतिकार्यमा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, दातृ निकायलगायतको एकीकृत प्रयास हुनुपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्