OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २९, २०७७
८०१ पटक

 २९ असार २०७७, सोमबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना संक्रमण पुष्टि भएपछि हिरासत सिल गरिएको छ ।

बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सिल गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । वीरेन्द्रनगरको ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेको उहाँले बताउनुभयो ।

“हिरासत राखिएका थुनुवाहरुको अनिवार्य पिसिआर गर्ने अदलातलको आदेशानुसार असार २० गते परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो,” प्रहरी नायब उपरीक्षक घर्तील भन्नुभयो, “तर ती युवकमा कोरोना संक्रमण पुष्टि भयो । यो सूचना पाउनेबित्तिकै हिरासत कक्ष सिल गरेका छौं ।”

उहाँका अनुसार ती युवकसहित छ जनाको परीक्षण गरिएको थियो र कोरोना पुष्टि भएपश्चात् युवकलाई स्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा आइसोलेसनमा राखिएको छ । उनको सम्पर्कमा रहेका आफन्त र प्रहरीसहित २२ जनाको स्वाब संकलनगरी परीक्षणका लागि प्रदेश अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्