OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २७, २०७७काठमाडौं
५५९ पटक
कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि विहानै देखि सवारीसाधन चल्न सकेका छैनन् । तिला गाउँपालिका १ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो । झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन् । दैनिक रुपमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स समेत सडकमै रोकिएका छन् ।

सडक माथिबाट ठुलाठुला चट्टान सडकमा खसेकोले पन्छाउन सकस भइरहेको ट्राफिक प्रहरी दिलानन्द भट्टले जानकारी दिए । उनका अनुसार ठुलो जेसिभीले मात्र सडकको पहिरो पन्छाउन सकिने अवस्था छ ।

सडक डिभिजन कार्यालयको जेसिभी सिँजा खण्डमा भएकोले तत्कालका लागि पहिरो पन्छाउन मान्छे परिचालन गरिएको छ । एकाविहानै पहिरो गएकोले सडकमा सवारीसाधन गुड्न सकेका छैनन् । पहिरो पन्छाउनको लागि सडक डिभिजन कार्यालयको टोली पहिरो गएको स्थानमा पुगेको छ । तर मेसिन नहुँदा पहिरो पन्छाउन समय लाग्ने देखिन्छ ।

माथिबाट खसेको ढुंगाले सडक भाँस्सिएको छ । शुक्रवार देखिे ढुंगा खस्दै आएकोमा विहान मात्र ठुलो पहिरो खसेको स्थानीय बताउँछन् । रारालिही प्रहरीचौकी इन्चार्ज कृष्णबहादुर खड्का सडक खुलाउनको लागि पहल भइरहेको बताउँछन् । उनले भने,‘पहिरो निकै ठुलो भएकोले मानिस लगाएर पहिरो पन्छाउन सकिने अवस्था छैन् । जेसिभी नआउँदा सम्म सडक खुल्ला जस्तो देखिदैन् । सडक डिभिजन कार्यालयको जेसिभी आउने कुरा छ । ’

सडक डिभिजन कार्यालयका अनुुसार दुइवटा डोजर आउँदैछन् । डेढ घण्टा भित्र सडक खुल्न सक्छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल पहिरो पन्छाएर सडक सुचारु गर्न निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्