OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २७, २०७७सुर्खेत
७७६ पटक

२७ असार २०७७, शनिबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकोप्टर जाजरकोट बारेकोट गएको छ ।

बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका ४ जिरीको पहिरोले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँच जना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकोप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकोप्टरले २५ थान त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको सूचना अधिकारी रोकायाले बताउनुभयो । उहाँका अनुसार पीडित परिवारलाई थप राहत र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको छ ।

प्रतिकृया दिनुहोस्