OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २६, २०७७ सुर्खेत
७७४ पटक

२६ असार २०७७, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस प्रदेशका जाजरकोट र रुकुमपश्चिममा पहिरोमा परी भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

आज एक शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले गएराति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका र आज बिहान रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकामा गएको पहिरोमा परी नागरिकले जीवन गुमाएको घटनाप्रति शोक व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “जाजरकोट बारेकोट गाउँपालिका ४ जिरीको पहिरोमा परी सात जनाको दुःखद् निधन र पाँच जना बेपत्ता रहेको र रुकुम–पश्चिम आठबिसकोट नगरपालिका ३ रेझेखोलाको पहिरोमा परी दुईजनाको दुःखद् निधन र एकजना घाईते भएको घटनाले म स्तब्ध छु ।”

उहाँले उक्त प्राकृतिक विपद्मा परी निधन हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारका सदस्यहरुलाई धैर्य गर्न आग्रह गर्दै उहाँहरुप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । यसबाट सम्बन्धित घरपरिवारमा पर्न गएको पीडाप्रति सहानुभूति र घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले पहिरोमा बेपत्ता नागरिकहरुको खोजी कार्य, विस्थापित परिवारलाई राहत सामाग्री एवं मृतक परिवारलाई प्रदेश सरकारको तर्फबाट गरिएको विपद् जोखिम बीमा रकम भुक्तानी दिने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन भईसकेको जनाउनुभएको छ ।

त्यसैगरी, मुख्यमन्त्री शाहलिे प्राकृतिक विपद जोखिमबाट बच्नका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गर्दै जोखिम न्यूनिकरणको आवश्यक व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । घटनाको खबर पाउने बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खट्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई पनि उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्