OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आषाढ २४, २०७७सुर्खेत
४३० पटक

२४ असार २०७७, बुधबार

कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ यो संख्या बढिरहेको छ तर भौतिक दूरी कायम गरेर आफ्नो दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति कसैको चासो गएको देखिदैन ।

यसले गर्दा पनि कोरोना संक्रमण हुने संख्या नियन्त्रण हुन सकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको गरेको आरटी पिसिआरमा सुर्खेतका १३, दैलेख र मुगुका दुई÷दुई जनामा कोराना संक्रमण पुष्टि भएको छ । त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको आरटी पिसिआरमा दैलेखका तीन जनामा संक्रमण देखिएको छ ।

विभिन्न जिल्ला गरेर पुनः २० जना आज नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५५० पुगेको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । यद्यपि संक्रमित सबैको अवस्थामा भने सामान्य भएको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो ।

त्यसैगरी, कोरोना संक्रमण जितेर घर फर्कने संख्या पनि कर्णालीमा दिनहुँ बढिरहेको उहाँले जनाउनुभयो । उहाँका अनुसार आज चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेसन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जनाले कोरोना जितेर घर फर्केका छन् । यो सँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या एक हजार २९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्