OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २०, २०७७
७२८ पटक

२० असार २०७७, शनिबार

कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २०० नाघेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज भएसँगै कोरोना निको हुने सङ्ख्या १२०१ पुगेको हो ।

पछिल्लो चौबिस घण्टामा कोरोना जितेर घर जानेहरुमा दैलेको आठबीस आइसोलेशनबाट २० र प्रदेश अस्पताल सुर्खेतबाट तीनजना रहेका छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाद्वारा नियमित मिडिया ब्रिफिङमा पछिल्लो चौबिस घण्टामा छ जना कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख जिल्ला अस्पतालस्थित प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा जानकारी दिनुभयो ।

थपिएका सङ्क्रमितमध्ये सल्यानको दार्मा गाउँपालिकाका पाँच र दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकजना रहेका छन् । कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ४८९ पुगेको छ भने ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, २८२ जनामात्र आइसोलेशनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्