OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २०, २०७७ सुर्खेत
१०२७ पटक

 २० असार २०७७, शनिबार

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशन सुचारु भएकको छ । आज प्रदेशसभाको छैटौं अधिवेशनको २३औं बैठक बसेको हो ।

यही असार ११ गते सभामुख राजबहादुर शाहीले २२औं बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तरगत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकहरुमाथिको छलफल प्रारम्भ गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको थियो ।

काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारले ल्याएको वार्षिक विकास कार्यक्रमको किताब संविधानको मर्म र भावना बमोजिम नआएको भन्दै नागरिकहरुलाई स्पष्ट बुझ्ने गरी बजेटको किताब सरकारले नल्याएसम्म अगाडि बढ्न नदिने भन्दै अवरोध गरेपछि बैठक स्थगित भएको थियो । जसको कारण आजसम्म प्रदेशभाको बैठक स्थगित भएको थियो ।

आज सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशसभाका नियमावली,२०७४ को नियम १०५ बमोजिम २३औं बैठकको कारवाही शुरु गर्नुभयो । तर प्रतिपक्षी दल नेपाली काँग्रेस उपस्थित भएन । प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले सबै मन्त्रालयको किताब एकैपटक नआएको कारण बैठकमा भाग नलिएको बताउनुभयो ।

आज छलफल हुने आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय बजेट रोकिराख्नु पर्ने जरुरी नदेखिएको र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक, २०७७ पनि अगाडि बढोस् भन्ने हेतुले पनि भाग नलिएको सदस्य श्रेष्ठले बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य सोशिला शाहीले प्रमुख प्रतिपक्षी दलविना बैठक सञ्चलान गर्न नहुने टिप्पणी गर्नुभयो । यद्यपि प्रदेशसभा सभामुख शाहीले २३औं बैठकलाई सुचारु राख्नुभयो र के कति कारणले नआएको थाहा नभएको बताउँदै बैठक सुचारु राख्नुभएको थियो ।

आजको बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सभामा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०७७, टेबुल गर्नुभएको छ । प्रदेशसभाको अर्को बैठक भोलि १ः०० बजे बस्ने सभामुख शाहीले जानकारी गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्