OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २०, २०७७जुम्ला,
१०४१ पटक

२०७७ असार २०, शनिबार  

नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का पुराना नेता कालिबहादुर रोकायाको निधन भएको छ । रोकायाको आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निधन भएको जनाईएको छ ।

चन्दननाथ नगरपालिका – ८ रोकायावाडाका पुराना पाका कम्यूनिष्ट नेता कालीबहादुर रोकायाको ६४ बर्षकै उमेरमा निधन भएको शनिबार दिउसो निधन भएको हो । शुक्रबार साँझदेखि विरामी परेका नेता रोकायाको ह्दयघातका कारण निधन भएको अस्पताल स्रोतले जानकारी जानकारी दिएको छ ।

२०३० सालमा नेपाल कम्यूनिष्ट पार्टीको पहिलो पटक स्थापना भएपनि रोकाया २०३२ सालदेखि पार्टीको सदस्य हुनु भएको नेकपा स्रोतले जनाएको छ ।
जुम्लामा कम्यूनिष्ट पार्टी स्थापना पछि रोकाया २०३२ सालमा पार्टीमा जोडिएका पूर्व राज्यमन्त्री बलबहादुर महतले थप्नुभयो । २०३५ सालमा सोही पार्टी नेपाल मजदुर किसान संगठनमा परिणत भयो । पुर्वराज्य मन्त्री महतले भन्नुभयो हामी सवै सोही पार्टीमा जोडियौँ । मजदुर किसान संगठन २०४७ सालमा नेकपा माले पार्टी जुम्लामा आएपछि अरु सार्थीहरु मालेमा गएपनि रोकाया २०५१ सालसम्म मजदुर किसान संगठनमै बसेर काम गर्नुभएको थियो । नेता रोकाया २०४९ सालमा मजदुर किसान संगठनबाटै तत्कालिन तलिउम गाउँ विकास समितिको अध्यक्ष समेत हुनुभएको पुर्वराज्य मन्त्री बलबहादुर महतले जानकारी दिनुभयो ।

पुराना कम्यूनिष्ट नेता रोकाया नेपाल कम्यूनिष्ट पार्टी मालेपछि २०५२ सालमा नेकपा एमाले पार्टीमा प्रबेश गर्नुभएको थियो । नेकपा एमाले र नेकपा माओवादी पार्टी एकता नहुदा अघि नेता रोकाया एमाले पार्टीको जिल्ला सचिवालय, जिल्ला कमिटि सदस्य भएर काम गर्दै आउनु भएको थियो ।

यसअघि स्थानीय शान्ति समितिको संयोजक र छोटो समयमा सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष समेत भएको नेता रोकाया अहिले चन्दननाथ नगरपालिका – ८ स्थित भैरब माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

निष्ठा र नैतिकताका धनी :

स्वर्गीय रोकाया ईमान्दार निष्ठा र नैतिकताका धनी नेताका रुपमा चिनिनु हुन्छ । सालिन, हसिलो र मिलनसार व्यवहारले उहाँका बानी धेरैलाई मन पर्दथ्यो । उहाँ खस भाषाको देउडाका पारखी पनि हुनुहुनथ्यो । पुराना पाका इमान्दार कम्यूनिष्ट नेता कालीबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गर्दै नेता, कार्यकर्ता, शुभचिन्तकले दिएको समवेदनाले आज सामाजिक सञ्जाल भरिएको छ । निष्ठा र नैतिकताका धनी स्वर्गीय नेता रोकाया प्रति भावपूर्ण श्रद्धाञ्जली ।

प्रतिकृया दिनुहोस्