OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १९, २०७७सुर्खेत
९२८ पटक

 १९ असार २०७७, शुक्रबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापनार्थ नगरपालिकाले गरेको निर्णयअनुरुप आवश्यक पहल गर्ने बताउनुभएको छ ।

भेरीगंगा नगरपालिका सुर्खेतले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई गरेको स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “यो क्षेत्रको प्रशासन, शान्ति सुरक्षालाई अझ मजबुत गराउनका लागि मेरो तर्फबाट सबै पहल हुनेछ,” उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको प्रवेशद्धारभएकोले पनि यहाँ सुरक्षा उपस्थित बढाउनुपर्छ ।”

नगरपालिकाले दुई पटक छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि नगरसभामार्फत निर्णय गरी पठाएको विषयलाई आवश्यक निर्णयका लागि सिफारिस भईसकेको समेत जानकारी उहाँले दिनुभयो । उहाँले बजार अनुगमन, विकास निर्माणलगायतका सम्पूर्ण कार्यमा पारदर्शिताका साथ काम गर्नुपर्ने भन्दै स्थानीय सरकारले धेरै कार्य गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले नगरपालिकाले गरेका महत्वपूर्ण निर्णय कार्यान्वयनका लागि सहयोग गरिदिन समेत आग्रह गर्नुभयो । उहाँले भेरीगंगा ५ बबई क्षेत्र हालसम्म नक्सांकनमा नसमेटिएको भन्दै सो कार्यका लागि समेत आवश्यक सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी रेग्मीलाई आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्