OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आषाढ १८, २०७७ सुर्खेत
४६८ पटक

 १८ असार २०७७, बिहीबार

विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)ं को संक्रमण जितेर आज कर्णालीमा ४९ जना घर फिर्ता भएका छन् ।

कोरोना जितेर घर फर्कनेहरुमा सबै सुर्खेतका रहेका छन् । जसमा लेकबेसी नगरपालिका आइसोलेसन सेन्टरबाट दुई महिलासहित ३३, गुर्भाकोट नगरपालिकाको आइसोलेसन सेन्टरबाट नौ जना सिम्ता गाउँपालिकाको आइसोलेसन सेन्टरबाट तीन, प्रदेश अस्पताल÷सालकोट आइसोलेसन सेन्टरबाट दुई÷दुई जना फिर्ता भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकरी दिनुभयो ।

आज ४९ संक्रमित थपिएसँगै कर्णालीमा निको भएर घर फर्कनको संख्या एक १२७ पुगेको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । मन्त्रालयका अनुसार भेरी अस्पताल बाँकेमा गरिएको आरटी पिसिआर परीक्षणमा आज सुर्खेतका तीन, दैलेखको एक र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटको एक जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कर्णालीका संक्रमित हुनेको संख्या एक हजार ४७४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्