OnlinePana

आज : २०७९ चैत्र १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आषाढ १७, २०७७ सुर्खेत
११९७ पटक

१७ असार २०७७, बुधबार

विश्वव्यापीरुपमा फैलिएको नोबेल कोराना भाइरस (कोभिड–१९)ं का २५ संक्रमित पुनः आज कर्णालीमा थपिएका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा सल्यानका १५, सुर्खेतका सात, दैलेखका दुई र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एक गरी २५ संक्रमित थपिएका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

संक्रमितहरुका तीन महिनाका बालकसहित सल्यान वनगाड कुपिण्डे नगरपालिकाका १५, सुर्खेत चौकुने गाउँपालिकाका चार, बराहताल गाउँपालिकाका, वीरेन्द्रनगर तथा लेकबेसी नगरपालिकाका एक÷एक जना रहेको महशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । त्यस्तै, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिकाका दुई र जुम्ला तिला गाउँपालिकाको एक जनामा आज कोरोना पुष्टि भएको उहाँको भनाई छ ।

मन्त्रालयका अनुसार आज २५ नयाँ थपिएसँगै कर्णालीमा कोरोनाबाट संक्रमित हुने संख्या एक हजार ४६८ पुगेको छ । कोरोना संक्रमणबाट निको भएर घर फर्कनको संख्या एक हजार ७८ पुगेको जनाईएको छ । संक्रमण नरोकिएपनि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बन्दाबन्दीको कुनै प्रभाव देखिदैन बरु नागरिकहरु सामान्य अवस्थामा आफ्नो पेशा व्यवसाय सञ्चालन गरिरहेका छन्

प्रतिकृया दिनुहोस्