OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०७७सुर्खेत
७३६ पटक

 १५ असार २०७७ सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै नथाकेरै लडन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोना विरुद्धको लडाईको मैदानमा अन्तिमसम्म पनि उत्साहपूर्वक उत्रनुपर्ने धारणा राख्नुभयो । उहाँले भारतबाट कर्णाली भित्रिने नागरिकको चाप घटदो क्रममा रहेको जनाउदै अब समुदायस्तरमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

“कोरोना अति प्रभाव देखिएका सुर्खेत, दैलेख र सल्यान जिल्लाका समुदायस्तरमा पनि यसको संक्रमण पुगेको हुनसक्छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसको रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले परीक्षणमा जोड दिन्छ ।” ती जिल्लाको लकडाउनलाई अझै पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले मापदण्डलाई कडाईपूर्वक कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “परीक्षणमा निकै ढिलासुस्ती भएको यो कार्यलाई तीव्र बनाईनेछ । परीक्षणको लागि नमुना संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउदा नागरिकमा आक्रोश बढेको कारण देखाएर पन्छिन मिल्ने अवस्था छैन ।” प्रदेश अस्पतालमा रहेको पिसिआर मेसिन मर्मतको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री शाहीले बिग्रेको मेसिन हेरेर बस्ने नभई त्यसको विकल्पको खोजी गर्नुपर्नेमा जोड गर्नुभयो ।

भारतबाट आउनेहरुको संख्या घटदै गएकोले जिल्लास्तरबाटै व्यवस्थापन गर्न सकिने र क्वारेन्टिनलाई अब जिल्लास्तरमा केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो । बैठकले जिल्ला विपद व्यवस्थापन केन्द्रको सिफारिसमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो क्वारेन्टिनका लागि प्रयोग भएका स्थानीयस्तरका सामुदायिक तथा सरकारी विद्यालय र सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्