OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १२, २०७७काठमाडौं
५५७ पटक

एजेन्सी । अमेरिकामा कम्तीमा दुई करोड मानिसहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको हुन सक्ने त्यहाँका स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन् ।

सेन्टर्स फर डिजिजेज कन्ट्रोल (सिडिसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रमितको संख्या भन्दा १० गुणा बढी हुन सक्ने जनाएको छ।
सिडिसीका निर्देशक डा.रोबर्ट रेडफिल्डले सञ्चारकर्मीसँग भन्नुभयो, ‘हाम्रो सबैभन्दा उच्च अनुमान यो छ कि एकजना कोरोना संक्रमित पुष्टि भएका ठाउँमा अन्य १० संक्रमित पनि छन् ’

सिडिसीले अमेरिकामा कोरोना महामारीको चपेटमा अधिकांश युवाहरु आइरहेको पनि बताएका हो। युवाहरुमा संक्रमण बढे पनि मृत्युदर भने कम रहेको सिडिसीले जनाएको छ।

अमेरिकामा कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वकै सबैभन्दा धेरै २५ लाख भन्दा बढी मानिसहरुमा संक्रमण पुष्टि भएको छ भने झण्डै १ लाख २७ हजार मानिसको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्