OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ११, २०७७
७११ पटक

 ११ असार २०७७, बिहीबार

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आज कर्णालीमा थप ७२ जनामा पुष्टि भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा १८ दैलेख, १२ सुर्खेत, तीन कालीकोट, जुम्ला र सल्यानमा एक÷एक गरी ३६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएका हो ।

ईलाम, धादिङ, कास्की, लमजुङ, बाँके, बैतडी, कैलाली, दार्चुलामा एक÷एक र बझाङमा दुई गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा बाजुराका चार, बाँके र ताप्लेजुङका तीन÷तीन, गोरखा, रामेछाप र ओखलढुंगामा दुई÷दुई, कञ्चनपुर, बैतडी, दैलेख, दाङ, गुल्मी, पाल्पा, लमजुङ, धादिङ, काठमाडौं, खोटाङ र ईलाममा एक÷एक गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । आज ७२ जना कोरोना संक्रमित थपिएसँगै कर्णालीमा यो संख्या एक हजार ४०७ पुगेको छ ।

त्यसैगरी, भारतको अहमदावादबाट फर्केर जेठ ११ गतेदेखि दुल्लु क्वारेन्टिन बसी जेठ २५ गते आरडिटी नेगेटिभ आएर घर फर्केको १६ दिनपछि असार ९ गते बेलुका आत्महत्या गरेका दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय युवकको असार १० शव दैलेख अस्पतालमा पोष्टमार्टमका साथै स्वाब संकलन गरेर प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गर्दा पोजेटिम देखिएको महाशाखाले जनाएको छ । युवकसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ पुगेको छ ।

प्रतिकृया दिनुहोस्