OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

वीरेन्द्रनगरको बजेट रु.एक अर्ब ४२ करोड

काक्रेबिहारलाई चिडियाखानाको रुपमा विकास गरिने

कोरपाटी संवाददाताआषाढ ११, २०७७सुर्खेत
२९१ पटक

 १० असार २०७७ बुधबार

कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आव.२०७७÷०७८ को बजेटका लागि रु.एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८२३ प्रस्तुत गरेको छ ।
नगरपालिकाकाको सातौं नगरसभामा कार्यवाहक प्रमुख मोहनमाया ढकाल (भण्डारी) द्वारा प्रस्तुत आगामी आव.२०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेटमा चालुतर्फ रु.९० करोड ४० लाख १४ हजार ४०० र पूँजीगततर्फ रु.५१ करोड ६७ लाख ९८ हजार ४२३ र वित्तिय व्यवस्थापन तर्फ रु.८० लाख ८० हजार बजेट विनियोजन गरिएको छ । यो चालु आव.को बजेट भन्दा रु.१९ करोडले कम रहेको उहाँले बताउनुभयो ।

सातौ नगरसभामा बजेट प्रस्तुत गर्दै कार्यवाहक प्रमुख ढकालले कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता र पूर्वाधारमा जोड दिएर नीति तथा कार्यक्रम र बजेट ल्याईएको जनाउनुभयो । नगरभित्र उत्पादन हुने फलफुलहरुमा ः आँप, कागती, केरा, लिची, किबी, खाद्यान्न बालीहरुमा ः कोदो, धान, मकै, गहुँ, मसुरो, मास, केराउ, भट्टमास सिमी, तरकारीहरुमा ः अदुवाको, प्याज, लसुन, केराउ, तरकारी तथा खाद्य बीउ आदिलाई प्राथमिकता र गाई वस्तुहरुलाई पकेट क्षेत्रका रुपमा प्रवद्र्धन गरिने उहाँले बताउनुभयो ।

त्यसैगरी, कार्यवाहक नगरप्रमुख ढकालले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याईएको बताउँदै अगाडि भन्नुभयो, “हामीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि रु.पाँच करोड रकम विनियोजन गरेका छौं । नसर्ने रोगको पहिचान गर्ने, रोकथाम र संरक्षणलाई प्रभावकारी बनाउँदै महिलाको पाठेघर क्यान्सरलगायत सबै कुरामा निःशुल्क परीक्षण सञ्चालन गर्ने विषय बजेटमा समावेश गरिएको छ ।”

त्यस्तै, नगरपालिकाले नगर विकासलाई प्राथमिकतामा राखेर नीजि साझेदारी मोडेलबाट विकास निर्माण अगाडि बढाउने, सिटी बसपार्क विकासलाई निरन्तरता दिने, बिगतमा शुरु गरिएको गुरुयोजना अन्तिम रुप दिने बजेट तथा योजना कार्यक्रम समावेश गरेको छ । वडापालिकामा रु.तीन लाख र नगरमा रु.१० को विपद् व्यवस्थापन कोष निर्माण गर्ने जनाईएको छ ।

काक्रेबिहारलाई चिडियाखानाको रुपमा विकास गरिने

काक्रेबिहारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि चिडियाखानाका रुपमा विकास गर्न, देउती बज्यै, बुलबुले, घण्टाघर र गढीलाई वातावरणमैत्री पार्कका रुपमा विकास गर्ने समेत बजेटमा उल्लेख गरिएको छ । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षामा सबै बालबालिकाको पहुँच पुर्याउन न्यूनतम शैक्षिक भौतिक पूर्वाधार विकास गरिने बताईएको छ ।

मावि सञ्चालन नभएका वडाहरुमा आवश्यक पूर्वाधार पुरा गरेकालाई आवश्यक स्तरवृद्धि गर्ने र एक वडा, एक प्राविधिक शिक्षालयमा पनि जोड दिने नगरपालिकाले जनाएको छ । सुब्वाकुना देखि फलाटेसम्म सहायक राजमार्ग हर्ट लाईनको नक्शाकंन गरी निमार्ण कार्यको प्रकृया अगाडी बढाउन प्रदेश सरकार र संघीय सरकारसंग सहकार्य गरिने छ ।

आर्थिक विकास लागि रु.चार करोड ३६ लाख १० हजार, सामाजिक विकासका लागि रु.१२ करोड ३० लाख ३१ हजार, पूर्वाधार विकासका लागि रु.१४ करोड २९ लाख ४५ हजार ९४९ विनियोजन गरिएको छ । वातावरण विपदतर्फ रु.दुई करोड ३१ लख ७५ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु.३९ करोड ४० लाख ४६ हजार ९४९ विनियोजन गरिएको छ ।

त्यस्तै, आगामी आव.२०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेटमा कृषि उत्पादन, स्वास्थ्य, शिक्षा, रोजगारी र भोकमरीलाई केन्द्रित गरेर सुर्खेतका भेरीगंगा नगरपालिकाले रु.६२ करोड ८८ लाख, लेकबेसी नगरपालिका रु.६० करोड ६० लाख, बराहताल गाउँपालिकाले रु.४८करोड ८४ लाख, सिम्ता गाउँपालिकाले रु.४५ करोड ६० लाख, चौकुने गाउँपालिकाले रु.४३ करोड ८० लाख र चिङ्गाड गाउँपालिकाले रु.३५ करोडको बजेट ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्