OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

तिला जुम्लाको प्राथमिकतामा स्वास्थ्य, शिक्षा र पूर्वाधार

चिनौ आफ्नै माटो, बनाउ आफ्नै गाउँ कार्यक्रम सञ्चालन

कोरपाटी संवाददाताआषाढ १०, २०७७जुम्ला
६६८ पटक

१० असार २०७७, बुधबार

जुम्लाको तिला गाउँपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले रोग, भोक र रोेजगारलाई पहिलोे आवश्यकताका रुपमा अघि सारेको छ। आर्थिक वर्ष ०७७।०७८ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बिष्णु बुढाले स्वास्थ्य, शिक्षा र पुर्वाधार विकास प्राथमिकतामा परेको बताउनुभयो । बजेट प्रस्तुतको क्रममा शिक्षातर्फ रु.४० लाख रुपैयाँ विनियोजन गरेकोमा स्वास्थ्यतर्फ रु.एक करोड विनियोजन गरिएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

त्यस्तै, गाउँपालिकाले भौतिक पूर्वाधार विकासमा रु.२५ करोड रकम ५९ लाख ८४ हजार, कृषि विकासतर्फ रु.५० लाख, पशु विकासतर्फ रु.३० लाख, पर्यटन तथा सस्कृतिमा रु.१० लाख र उद्योग व्यवसायतर्फ रु.२० लाख विनियोजन गरेको हो । उपाध्यक्ष बुढाले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटमा महिला तथा बालबालिकातर्फ रु.४० लाख, पोषणतर्फ रु.३० लाख, अपांगता भएका व्यक्तितर्फ रु.पाँच लाख, युवासँग अध्यक्ष कार्यक्रममा रु.१५ लाख र लक्षित वर्गका लागि रु.३० लाख विनियोजन गरिएको छ ।

सुशासन तथा संस्थागत विकासमा रु.७५ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा रु.२० लाख, विपद् व्यवस्थापन कोषमा रु.१० लाख र प्रकोप व्यवस्थापन कोषमा रु.९० लाख रप्रस्ताव गरेको जनाईएको छ । उपाध्यक्ष बुढाले आर्थिक वर्ष २०७७।०७८ को कुल रु.४० करोड १० लाख ८० हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो । चालुतर्फ रु.छ करोड ४५ लाख, सशर्तमा रु.१५ करोड ८५ लाख, र पूँजीगत खर्चमा रु.१७ करोड ८० लाख रविनियोजन गरिएको थियो।

आगामी दिनमा नागरिकलाई स्थानीय सरकारले विकासको अनुभूति गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो। कृषि क्षेत्रलाई गाउँपालिकाको उत्पादनको प्रमुख क्षेत्रका रुपमा स्थापित गर्ने, नतिजामा आधारित विकास गर्ने परिपार्टीको विकास गरिने र बालविवाहलाइ निरुत्साहित गर्न सरोकारवालासँग प्रभावकारी समन्वय गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

छुईगोठ मुक्त अभियानलाइ निरन्तरता दिने, सेवाप्रवाहलाई सुशासनमैत्री, नागरिकमैत्री र भ्रष्टचार मुक्त बनाउने र कार्यक्रममा दोहोरोपना हुन नदिन विशेष सतर्कता अपनाउने पनि नीति तथा कार्यक्रमले बोलेको छ । उपाध्यक्ष बुढाले भन्नुभयो,‘ आगामी आर्थिक वर्षमा रसायनमुक्त गाउँपालिका घोषणा गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने, आफ्नो वडा आफै बनाउ भन्ने नीतिलाई कार्यन्वयनमा लैजाने, एक घर एक धारा अभियानालाई पूर्णतः कार्यन्वयनमा लिइनेछ ।’

चिनौ आफ्नै माटो, बनाउ आफ्नै गाउँ कार्यक्रम सञ्चालन

आधारभुत विद्यालयमा कक्षा एकदेखि अग्रेजी माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइने, चिनौ आफ्नै माटो, बनाउ आफ्नै गाउँ कार्यक्रम सञ्चालन गरेर युवाहरुलाई विकास निर्माण र व्यवसायमा लाग्न उत्प्रेरित गर्ने र उत्पादनका आधारमा किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने नीति अवलम्बन गरिएको छ ।

तिला गाउँपालिकाले खाद्य वस्तुको गुणस्तर र नियमनलाइ प्रभावकारी बनाउदै उच्च मुल्यका कृषि वस्तु उत्पादनमा किसानको ध्यान केन्द्रित गराउने देखि बाँझो जग्गा प्रयोजनका लागि एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने र सामुहिक खेतिलाई बढवा दिने खालको नीति सार्वजनिक गरेको हो । विदेशबाट फर्केका युवाहरुको लगत संकलन गरेर स्वरोजगार सिर्जना गरिने र युवा स्वरोजगार तथा उद्यमशिलता विकासका लागि युवा उद्यमशलिता कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

मेरो साथी पर्यटक, हाम्रो पर्यटकीय स्थल कार्यक्रमको थालनी गरि पर्यटक आकर्षित गर्नुका साथै पर्यटकीय स्थलहरुको अभिलेखिकरण गर्ने नीति छ ।
तत्काल कोरोनाको प्रभावबाट अवरुद्ध पठनपाठनमा जोड दिनका लागि बैकल्पिक शिक्षण क्रियाकलापमा जोड दिइने, प्रत्येक मावि लाई प्रविधिमैत्री बनाउन स्रोत साधनको व्यवस्था मिलाउने, शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावक शिक्षामा जोड दिने,शिक्षाको पालिकास्तरीय प्रोफाइल तयार गरि शैक्षिक योजना निर्माण गरिने, उच्च शिक्षा अध्ययनका लागि पालिकास्तरिय छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रम भित्र समावेश गरिएको छ । पालिकास्तरिय शिक्षा निति निर्माण गरी कार्यन्वयनमा ल्याइने र तत्काल विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई मध्यनजर गरि छोटो अवधिको रोजगार कार्यक्रम संचालनमा जोड दिइनेछ ।

सुनौलो हजारदिन भित्रका महिलाका लागि गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने,स्वास्थ्य क्षेत्रको पहिलो खुड्कीलो महिला स्वास्थ्य स्वयमसेविकालाई काम गर्ने हौसला बढाउनका लागि उत्प्रेरित गर्ने खाले कार्यक्रम सञ्चालन गरिने, आगामी वर्षमा नियमित रुपमा स्वास्थ्य संस्थामा गर्भ जाँच गर्नुका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने दरलाई बढाउदै घरमा सुत्केरी हुने कार्यलाई निरुत्साहित बनाइने नीति अवलम्बन गरिएको उपाध्यक्ष बुुढाले उपाध्यक्षले बताउनुभयो ।

महिला स्वरोजगार सिर्जना गर्नको लागि ढाँका उद्योग औपचारिक रुपमा दर्ता गरेर सञ्चालनमा ल्याईनेछ । मेरो फोहोर मेरो जिम्मेवारी भन्ने मुलनाराका साथ सडकसँग जोडिएका बजार सुधार गर्ने, गाउँपाकिलालाई बेरुजु रहित बनाउने र तिला गाउँपाकिलालाई कोभिड १९ महामारी मुक्त गाउँपालिका बनाउनु पहिलो प्राथमकिता भएकोेले महामारी रोगथामका लागि अपनाउनु पर्ने स्वास्थ्य सजगताको नियम पालान गर्ने निती बनाइने छ।

पटक पटक कार्यालयमा आएर कर्मचारी माथि गरिने दुव्र्यबहारलाई मध्येजर गर्दै कर्मचारीको मनोबल उच्च पार्न सुरक्षाको प्रत्याभूति दिलाइने नीति समेत नीति तथा कार्यक्रमले समावेश गरिएको छ । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न सातौं गाउँसभामा नौ वटै वडाका वडाध्यक्ष, गाउँ कार्यपालिकाका सदस्य तथा गाउँसभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्