OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १०, २०७७
६९० पटक

 १० असार २०७७, बुधबार

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कर्णालीमा आज थप २८ जनामा पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा आठ र कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पाँच गरी जम्मा २० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै यस प्रदेशमा संक्रमितहरुको संख्या एक हजार ३३५ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा जुम्लामा कोरोना संक्रमण पुष्टि भएकाहरुमा जुम्ला चन्दननाथ नगरपालिकाका तीन र सिंजा गाउँपालिका एक, तिलोत्तमा नगरपालिका २ रुपन्देहीको एक, राजविराज नगरपालिका २ सप्तरीको एक, आठराई गाउँपालिका ६ ताप्लेजुङका एक र गाईघाट नगरपालिका १ उदयपुरका एक गरी आठ जना रहेको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठान जुम्लामा संक्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा सुर्खेत चौकुने गाउँपालिकाका छ, पञ्चपुरी नगरपालिकाका पाँच, भेरीगंगा र गुर्भाकोट गाउँपालिकाका एक÷एक गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै, दैलेखको भैरवी, ठाँटीकाँध र नौमुले गाउँपालिकामा एक÷एक गरी तीन, जाजरकोट छेडागाड नगरपालिकामा एक, कालीकोट शुभकालिका गाउँपालिकामा एक, दाङ लमही नगरपालिकाका एक र धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्