OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीआषाढ १०, २०७७जुम्ला,
२३१० पटक

खलङ्गा असार १० गते । अस्पतालका कर्मचारीहरुमा कोरोना भाईरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशंकित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा जारी निषेधाज्ञ मिति २०७७ असार १० गते दिउसो ३ बजेबाट अर्को निर्णय नभए सम्मका लागी जारी गरिएको हो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा संक्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ( ३) बमोजिम गरिएको गरिएको छ ।

यसगरी निशेष आज्ञागरी सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदि सहितका चार किल्ला रहेका प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।

आजै कोभिड कमाण्ड नियन्त्रण समितिको वैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको वैठको निर्णय अनुसार असार १० गते ३ बजेदेखी निषेधाआज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यस अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ईमरजन्सी सेवा वाहेक सवै बन्द समेत गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको आजै सवैको स्वाब लिईएको जनाईएको छ ।

कर्णाली प्रतिष्ठानमा काम गरिरहेका ४ जना र १ जना अन्य गरी ५ जनामा कोरोना पोजेटिभ देखिएपछि सर्तकता अपनाईएको छ ।

प्रतिकृया दिनुहोस्