OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ १०, २०७७जुम्ला,
२६३४ पटक

२०७७ असार १० गते । पछिल्लो जुम्लामा समयमा निकै कम हुदै गएको भनिएको कोरोना संक्रमण फेरी बल्झिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डयूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालको ईमरजन्सी सेवा वाहेक अन्य वन्द गरिएको छ ।

प्रतिष्ठानको फरक फरक डिपार्टमेन्टमा काम गर्ने ४ जनाकर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो ।

मध्यरात ति स्वास्थ्यकर्मी र कर्मचारीहरुको समेत रिपोर्ट पोजेटिभ आएपछि उनिहरुलाई आईसुलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । एक हस्ता देखी १४ दिन निरन्तर काम गरिरहेका कर्मचारीहरुमापोजेटिभ देखिएपछि अहिले अस्पताल क्षेत्रमा तरंग छाएको छ ।

४ जना प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारी सहित १ जना वुटवलकाअर्काव्यक्तिमा समेत नतिजा पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

यो संक्रमणले समुदायबाट नै संक्रमण आएको हुन सक्ने निर्देशक डा. रावलले थप्नुभयो, किनभने फरक फरक डिपार्टमेन्टमका कर्मचारीमा कसरी संक्रमण भयो। यसको अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा मध्यरातमा नतिजा अप्रत्यासित पोजेटिभ आएपछि एकाएक पदाधिकारी वैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, निर्देशक रावल सहित प्रतिष्ठानका कोभिड नियन्त्रण अभियानमा लागेका उच्च स्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको वैठकले अस्पतालको ईमरजन्सी वाहेक अन्य सेवावन्द गर्ने निर्णय सहित निर्णय गरिएको हो ।

अव अस्पतालमै काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोरोना पाजेटिभ देखिएपछि आज प्रतिष्ठानका डयूटिमा खटिएका सवैको स्वाब परीक्षणको तयारी गरिएको अस्पतालले जनाएको छ ।
प्रतिष्ठानको अस्पताल विभागले एक विज्ञेप्ती जारी गर्दै पोजेटिभ सवैको अवस्था सामान्यभएको र आजै अन्यको पिसिआर परीक्षणका साथै खोजीकार्य समेत बढाईनेछ । यसका साथै विज्ञेप्तिमा प्रत्यक नागरिकलाई धैर्यता कोभिड १९ को लागि पालना गर्नुपर्ने नियमपालना गर्न अनुरोध गरिएको छ ।

सरकारले पछिल्लो समयमा लकडाउनमा केहीखुकुलो गर्ने भनेपछि जुम्लामा भिडभाड अत्याधिक बढेको छ । स्थानीय प्रशासनले सामाजिकदुरी सहितका काममा ध्यानदिन अपिल निरन्तर गरिरहेपनि भिड घटेको छैन् ।

यस अघि जुम्लाका कोरोना संक्रमितमध्य २५ जनाफिर्ता भएका र ३ जनाअहिले पनि आईसुलेसनमा रहेका प्रतिष्ठानले जनाएको छ । अस्पतालमै कोरोना संक्रमण देखिएपछि नयाँ रणनितिको लागि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा अहिले कोभिड कमाण्ड नियन्त्रण समितिको वैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्